Advertisement
SKIP THIS

मृगौला पीडितको सहयोगार्थ कोरियाको किम्हेमा “ए मेरो हजुर ३” प्रदर्शन हुने


मृगौला पीडितको सहयोग गर्ने उदेश्यका साथ कोरियाको किम्हेमा नेपाली कथानक चलचित्र “ए मेरो हजुर ३”को बिशेष प्रदर्शनी गर्ने भएको छ । “आफु बाचौ र अरुलाई पनि बचाऊ” भन्ने मुख्य उदेश्यका साथ गर्न लागेको उक्त फिल्म प्रदर्शनीको सम्पुर्ण तयारी समेत भैसकेको जनाएको छ ।

दुवै मृगौला फेल भएका काभ्रे जिला रोशी गाऊपालिका वडा न ३ का ५४ बर्षिया मिना तामाङको उपचारको लागी आर्थिक संकलन गर्ने उदेश्यले तामाङ समाज ख्यङ्सङ्नाम्दो/बुसान दक्षिण कोरियाद्वारा फिल्म प्रदर्शन गर्न लागेको लागेको हो ।

बिरामी तामाङको आर्थिक अवस्था कम्जोर भएकोले उपचारको लागी समस्य उत्पादन भएको हुँदा यसरी फिल्म प्रदर्शन गरेर सहयोग संकल गर्न लागेको तमाङ समाजका कार्यबाहक अध्यक्ष सुजित घिसिङले जानकारी दिएका छन् । “दक्षिण कोरियामा रहेका नेपालीहरुलाई मनोरञ्जन को साथ साथै सामाजिक परोपकारी कार्य पनि गरौं भनेर फिल्मको प्रदर्शन गर्न लागेको हो ।” घिसिङले भने । “किम्हे बुसानमा रहनु भएका सम्पूर्ण संघ संस्थाहरु , समाजसेवी , बुद्दिजीवी , ब्यापारी , पत्रकार , बिद्यार्थी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सहभागी हुन अनुरोध गर्न चाहन्छु ।”

कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको र १ सय भन्दा बढी टिकट अग्रिम बिक्री समेत भैसकेको जानकारी समाजका महासचिव सोम योञ्जनले दिएका छन् ।

फिल्म प्रदर्शनको क्रममा मोबाइल एप E 99 पे तथा JB मोबाइलको स्टल समेत रहने जनाएको छ ।

फिल्म यहि आउँदो जुन ९ तारिखका दिन किम्हेको मुन्ह्वावन हालमा प्रदर्शन हुने छ । यस अघि मे २६ सौल र जुन २ खजेदोमा समेत उक्त फिल्म सफलता पुर्वक प्रदर्शन भैसकेको छ ।

अभिनेत्री झरना थापा द्वारा निर्देशित नेपाली कथानक चलचित्र “ए मेरो हजुर ३” सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो भने अनमोल केसी र सुहानाका थापाको प्रमुख भुमिका रहेको छ । त्यस्तै अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ओन्याङ ओन्छनमा तेश्रो ‘छुङ्नाम सिनियर जुनियर पूल प्रतियोगिता’ आयोजना हुने
  • पहिलो सांगितिक कार्यक्रमका लागि कुमा सागर एण्ड द ख्वप: व्याण्ड कोरिया अवतरण
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...