Advertisement
SKIP THIS

आदिबासी जनजाति महासंघले चियापान र छुसकको कार्यक्रम बाँडफाँड गर्यो


नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले आइतबार सउलमा दक्षिण कोरियामा रहेका बिभिन्न संघसंस्थाहरुसँग चियापान तथा भेटघाट कार्यक्रम गरेको छ । सोही कार्यक्रममा आउँदो छुसकको लागि सांस्कृतिक कार्यक्रम बाँडफाँड गरेको छ भने महासंघमा मनोनित सल्लाहकारहरुलाई प्रमाण पत्र वितरण गरेको छ ।
दक्षिण कोरियामा रहेका सबै जातिय संस्थाका अध्यक्षहरु आदिबासी जनजाति महासंघमा पदेन सल्लाहकार रहने चलन रहेको छ । भने नयाँ कार्यसमितिले बिभिन्न संघ संस्थाका पदाधिकारीहरुलाई पनि सल्लाहकारको रुपमा मनोनयन गरेको छ । बरिष्ठ सल्लाहकारमा मल्लिका थकाली रहेकी छिन् भने प्रमुख सल्लाहकारमा चित्रबहादुर मोक्तान रहेका छन् ।
सोही कार्यक्रममा सेप्टेम्बरमा हुने छुसकमा जातिय संस्थाको तर्फबाट तमु धीं दक्षिण कोरियाले सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । महासंघले आज गरेको छलफलमा सर्बसहमतिबाटै तमु धींलाई कार्यक्रम गर्न दिने निर्णय गरेको छ । ‘हामीले यो छुसकमा रहेको कार्यक्रम सबै संघसंस्थासँग मिलेर गर्छौ । सांस्कृतिक कार्यक्रम भब्य हुनेछ । के कसरी गर्ने भन्ने हामी छलफल गरेर पछि सबैलाई जानकारी गराउँछौ ।’ तमु धीं दक्षिण कोरियाका अध्यक्ष जीत गुरुङले भने । ‘अर्को महिना हामीले वनभोज कार्यक्रम राखेका छौ । त्यो बेला छुसकमा हुने सांस्कृतिक कार्यक्रमको पोस्टर सार्बजनिक गर्छौै ।’ उनले थपे ।
कार्यक्रममा सहभागी संघसंस्थालाई आयोजकका तर्फबाट महासंघका अध्यक्ष युगेल तेन्डुप शेर्पाले धन्यबाद दिदै सबै संस्थासँग सहकार्य गरेर जाने बताए । ‘हामी दक्षिण कोरियाका बिभिन्न संघसंस्थासँग मिलेर सहकार्य गर्छौ । आजको कार्यक्रम त्यसैको पहिलो रुप हो ।’ उनले भने । ‘हामी जातिय र अन्य संस्थाहरु संग सहकार्य गरेर जाने छौ । आज दक्षिण कोरियामा कार्यरत धेरै संस्थाका प्रतिनिधिहरु आउनु भएको छ । हामीले कसरी सहकार्य हुन सकिन्छ भनेर छलफल भएको छ ।’ उनले थपे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...