Advertisement
SKIP THIS

थेगु नेपाली मन्च काेरियाले सदस्यता बितरण तथा चियापान कार्यक्रम अायाेजना गर्दै


दक्षिण कोरियाकाे थेगु क्षेत्रमा रहेका कृयाशिल बिभिन्न संघ संस्थाहरुको छाता संघठन थेगु नेपाली एकता मन्चले सदस्यता  बितरण तथा चियापान कार्यक्रम अायाेजना गर्ने भएकाे छ।

यही मे-२६ तारिख आइतबारको दिन मन्चमा आवद्ध भैसकेका तथा जोडिन चाहने संस्थाहरुलाई सदस्यता बितरण गर्ने भएको छ। साथै उक्त दिन मन्च र मन्चमा आवद्द सदस्य सँस्थाहरुलाई अझ कसरी प्रभावकारी ढंगले एकबद्व गराएर हातेमालो गर्दै अगाडि बढ्ने,बढाउने भन्ने बारेमा बृहत छलफल,सम्मान तथा चियापान कार्यक्रमको पनि आयोजना गरिएको छ।

वेगान शहरको “हिमालयन रेस्टुरेन्ट”मा हुन गैइरहेको उक्त कार्यक्रममा थेगु वरपर रहेका सम्पूर्ण संघ सँस्था,सेल्टरका पदाधिकारी, बुद्धिजीवी महानुभावहरु, ब्यवसायी, संचारकर्मी तथा विद्यार्थीबर्गहरूलाइ आधिकारिक निमन्त्रणा पत्र मार्फत गरिएकाेछ। कदमकदाचित पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि उपस्थित जनाइ कार्यक्रमलाई भब्य रुपमा सफल पारिदिनु हुन थेगु नेपाली मञ्चका अध्यक्ष नगेन्द्र मगरले  हार्दिक अपिल गरेका छन्।

मिति:-२०१९-०५-२६ (आइतबार )

समय:-दिनको- १२ बजे देखि।

स्थान :-वेगान यग अगाडि हिमालयन रेस्टुरेन्ट ।

सम्पर्क:-०१०८५७८११६५ ०१०६५४१८९९० ०१०६८२६४७३०

आयोजक:-थेगु नेपाली मञ्च,द.कोरिया । सचिब :-बिष्णु वाग्ले। अध्यक्ष:-नगेन्द्र मगर।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...