Advertisement
SKIP THIS

बुद्ध प्रतिमा स्थापना अभियान काेरियाले वाउछङ्सा गुम्बामा मनाउने बुद्द जयन्तीकाे तयारी पुरा


बुद्ध प्रतिमा स्थापना अभियान काेरियाले वाउछङ्सा गुम्बामा मनाउने बुद्द जयन्तीकाे तयारी पुरा भएकाे अभियानकी संयाेजक अन्जु केसीले बताइन्।

२५६३  औं बुद्द जयन्तीकाे अवसर पारेर बुद्ध प्रतिमा स्थापना अभियान काेरियाले यहि मे १२ तारिख वाउछङ्सा गुम्बामा  बुद्द जयन्ती, बुद्द प्रतिमा स्थापना गरेकाे प्रथम बार्षिक उत्सब तथा अभियानमा सहयाेग गर्ने दाताहरूलाइ सम्मान गर्ने  तयारी गरेकाेछ।

अभियानले बुद्द जयन्ती कार्यक्रममा जानकाे लागी दाेङदेमुनबाट बसकाे ब्यवस्था गरेकाे छ। साथै वाउछङ्सा गुम्बाले खानाकाे समेत ब्यवस्था गरेकाे जनाइएकाेछ।

बुद्द जयन्तीकाे अवसरमा वाउछङ्सा गुम्बामा मे १२ तारिख  बिहान ९ बजे देखि पुजा आजा, १० बजे देखि र्याली र १२ बजे देखि औपचारिक कार्यक्रम तथा सम्मान कार्यक्रम गर्ने बताइएकाेछ। वाउछङ्सा गुम्बाले आयाेजना गरेकाे र्यालीमा बिभिन्न देशका बाैद्द धर्मावलम्बीकाे सहभागीता हुने जनाइएकाे छ भने नेपालकाे तर्फबाट बुद्द प्रतिमा स्थापना अभियानले सहभागीता जनाउनेछ। र्यालीमा नेपाली पहिचान झल्किने नेपाली माैलिक ड्रेस,  बिभिन्न जातिय पाेशाकमा उपस्थित भैदिनु हुन सचिबालयले अनुराेध गरेकाेछ। साथै नेपाली कला संस्कृति झल्किने नाैमति बाजा पनि घन्किनेछ।केहि नेपाली गित र नृत्यहरू समेत प्रस्तुत हुने सचिबालयले जनाएकाेछ।

बुद्द प्रतिमा स्थापना गर्न सहयाेग गर्ने ब्यक्ति  बिशेष र संघ संस्थालाइ सम्मान सहित अभियानलाइ समापन गर्ने भएकाे छ।

गत बर्ष नेपाली सम्पर्क समिति द कोरियाको संयोजन,नेेपाल बौद्ध परिवार द कोरियाको सहकार्यता तथा नेपाली राजदूताबास सउल कोरियाको संरक्षकत्वमा बुद्ध प्रतिमा स्थापना अभियान संचालन गरि अभियानको मुख्य उद्देश्य अनुसार गत २०१८ मे २० तारिख योङ्गगिन शहरमा रहेको वाउछङ्गसा गुम्बामा नेपाल देखि बुद्धको प्रतिमा खरिद गरि ल्याएर स्थापना गरेकाे हाे।

उक्त अभियान सम्पन्न गर्नकाे लागी एन सि सि काे संयाेजकत्वमा २०१८ जनवरि १४ मा बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय स्थापना गरिएकाे थियाे। सचिवालयले नै  आर्थिक अभियान संचालन गरेर नेपाल देखि बुद्दकाे प्रतिमा खरिद गरि वाउजङसा गुम्बामा स्थापना गर्ने महत्वपुर्ण कार्य सम्पन्न गरेकाे हाे। अभियानकाे बाकी काम मध्ये सहयाेगदाताकाे नामावली मेटलमा लेखेर राख्ने, नेपाली शैलीकाे घन्टी  र धुपदानीकाे पनि ब्यवस्था  र नेपालकाे पहिचान  झल्किने केहि हिमालकाे चित्र,लुम्बिनीकाे तस्बिर पनि राख्ने काम सकि सकेकाे  सचिबालयले जनाएकाेछ।

बुद्द प्रतिमा खरिद गर्नकाे लागी काेरियामा रहेका नेपाली संघ संस्था र ब्यक्ति बिशेषले  आर्थिक सहयाेग गरि ५ कराेड  वन बढि रकम संकलन गरिएकाे थियाे भने वाउछङसा गुम्बाले पनि करिब ५ कराेड वन खर्च गरि बुद्द मुर्ति राख्ने नेपाली शैलीकाे सानाे स्तुपा निर्माण गरेकाे हाे।

तसर्थ काेरियामा रहेका सम्पुर्ण संघ संस्था ब्यक्ति बिशेषहरूलाइ उक्त बिशेष दिनमा उपस्थित भै दिनु हुन सचिबालयले बिशेष अनुराेध गरेकाे छ। साथै जातिय संस्थाहरूलाइ आफ्नाे जातिय पाेशाकमा उपस्थित भैदिनु हुन पनि सचिबालयले अनुराेध गरेकाेछ।

स्थान, याेङगीन सिटी, वाउछङसा गुम्बा परिसर

मिति ,२०१९ मे १२ तारिख, आइतबार

समय  बिहान ९ बजे देखि पुजा,१०बजे  र्याली,

औपचारिक कार्यक्रम १२ बजे देखि २ बजे समापन

नाेट: दाेङदेमुन  हिस्ट्रि एण्ड कल्चर पार्क बाट बसकाे ब्यवस्था। बस छुट्ने समय  बिहान ७।३० बजे

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...