Advertisement
SKIP THIS

नेपाल जाने तयारीमा रहेका एक युवाले गरे आत्महत्या : नेपाली दुतावासलाई मतलब छैन


रोजगारीको लागि इपिएस मार्फत कोरिया आएका एक नेपालीले झुन्डिएर आत्महत्या गरेका छन् । ह्वासाङ फारान नजिकैको कम्पनीमा काम गर्ने २६ बर्षिय मौसम शर्मा पौडेलले आत्महत्या गरेका हुन् ।

कोरियाको चार बर्ष १० महिनाको समयावधी सकिनु ४ महिना पहिलेनै मे १० मा नेपाल फर्कने तयारीमा थिए । के कारण उनले आत्महत्या गरे यसको पुरा जानकारी नभएको सँगै कम्पनीमा काम गर्ने साथीहरुले बताएका छन् ।

मंगलवार राती करिब एकाएक कोठाबाट बाहिरिएका पौडेल निक्कै समयसम्म पनि नफर्किए पछि साथीभाइ मिलेर खोजेका थिए । तर धेरै प्रयास गर्दा पनि उनी फेला परेनन् । त्यस पछि स्थानीय प्रहरीको सहयोगमा कम्पनी नजिकैको जंगलको रुखमा झुन्डिएको अबस्थामा फेला परेका थिए ।

उनको शबलाई नजिकैको अस्पतालमा राखेको छ भने सउलको नेपाली राजदुताबासमा खबर गरेकाे भए पनि काेही नअाएकाे पाैडेलसँगै काम गर्ने साथीहरूले बताएका छन् । नेपाली राजदुताबास भने बुधबार लोकतन्त्र दिवस र डेस्टिनेसन नेपाल भन्दै सउलको एउटा पाँच तारे होटेलमा कार्यक्रममा व्यस्त थियो ।

नेपालीहरुले गम्भिर समस्या भोग्दा पनि नेपाली दुताबासले खासै चासो नदेखाएको गैर आवसिय नेपाली संघ दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङले आफ्नो फेसबुक मार्फत अाफ्नाे गुनासाे पाेखेकी छिन् ।’दुताबासलाई ५ स्टारमा प्रोग्राम गराउने समय मिल्छ बजेट जुट्छ,नेपाली लास उठाउन हामी नेपाली सामुदय खट्नु पर्छ,जुट्नु पर्छ,कार्यक्रम पनि सुटुक्क । आज पनि मान्छे मरेको छ पुलिस रिपोर्ट आको छैन भनेर पाईलाचल्नु मान्दैन ।

एउटा बिमारी दुबै फाेक्साे फेर्नुलाई रगतको अभावमा छट्पटी राको छ । वास्ता छैन,दुख पाको भैपरी आको काम सबै हामी नेपाली समाजले गर्नु पर्छ । भिसिट नेपाल को प्रचार प्रसार चाई सुटुक्क ५ स्टारमा । अनि आज आत्महत्या गरेको भाइ त गत हप्ता दुताबासले तनाब ब्यब्स्थापन कार्यक्रम गरेको ह्वासङमै रैछ त । यी सब देखाउनका लागि मात्र हुन सरकारको बजेट रित्याउने हो जस्तो लाग्यो । नेपालीलाइ दुःख पर्दा स्टाफ छैन । ब्यस्त छ भन्ने । हामीले फुर्सद निकाली निकाली सघाउछौ उनिहरु चाई ५ स्टार लोट्टे मस्ती क्या।’ उनले लेखिकी  छिन ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...