Advertisement
SKIP THIS

बुद्ध प्रतिमा स्थापना अभियान काेरियाले  सहयाेगदातालाइ सम्मान सहित अभियान समापन गर्ने


बुद्ध प्रतिमा स्थापना अभियान काेरियाले  बुद्द प्रतिमा स्थापना गर्न सहयाेग गर्ने ब्यक्ति  बिशेष र संघ संस्थालाइ सम्मान सहित अभियानलाइ समापन गर्ने भएकाे छ।

गत बर्ष नेपाली सम्पर्क समिति द कोरियाको संयोजन,नेेपाल बौद्ध परिवार द कोरियाको सहकार्यता तथा नेपाली राजदूताबास सउल कोरियाको संरक्षकत्वमा बुद्ध प्रतिमा स्थापना अभियान संचालन गरि अभियानको मुख्य उद्देश्य अनुसार गत २०१८ मे २० तारिख योङ्गगिन शहरमा रहेको वाउछङ्गसा गुम्बामा नेपाल देखि बुद्धको प्रतिमा खरिद गरि ल्याएर स्थापना गरेकाे हाे।

उक्त अभियान सम्पन्न गर्नकाे लागी एन सि सि काे संयाेजकत्वमा २०१८ जनवरि १४ मा बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय स्थापना गरिएकाे थियाे। सचिवालयले नै अार्थिक अभियान संचालन गरेर नेपाल देखि बुद्दकाे प्रतिमा खरिद गरि वाउजङसा गुम्बामा स्थापना गर्ने महत्वपुर्ण कार्य सम्पन्न गरेकाे हाे। अभियानकाे बाकी काम मध्ये सहयाेगदाताकाे नामावली मेटलमा लेखेर राख्ने, नेपाली शैलीकाे घन्टी  र धुपदानीकाे पनि ब्यवस्था  र नेपालकाे पहिचान  झल्किने केहि हिमालकाे चित्र,लुम्बिनीकाे तस्बिर पनि राख्ने तयारी अन्तिम चरणमा पुगेकाे सचिबालयले जनाएकाेछ।

बुद्द प्रतिमा खरिद गर्नकाे लागी काेरियामा रहेका नेपाली संघ संस्था र ब्यक्ति बिशेषले अार्थिक सहयाेग गरि ५ कराेड  वन बढि रकम संकलन गरिएकाे थियाे भने वाउछङसा गुम्बाले पनि करिब ५ कराेड वन खर्च गरि बुद्द मुर्ति राख्ने नेपाली शैलीकाे सानाे स्तुपा निर्माण गरेकाे हाे। पुर्ब घाेषित कार्यक्रम अनुसार पचास हजार वन देखि बढि सहयाेग गर्ने महानुभावहरू तथा संस्थाहरूलाइ सम्मान गर्ने कार्यक्रम रहेकाे छ। साथै साेही दिन बुद्द जयन्तीकाे दिन वाउछङसा गुम्बामा पुजा अाजा पनि गरिनेछ। वाउछङसा गुम्बाले मनाउने बुद्द जयन्तीमा नेपालीकाे प्रतिनिधित्व जनाउदै र्यालीमा पनि सहभागी हुने कार्यक्रम रहेकाेछ। उक्त दिनमा अहिले भएकाे सचिबालय बिधिबत रूपमा बिघटन गरिने र नयाँ ब्यवस्थापन समिति गठन गरिने कुरा संयाेजक अन्जु केसिले बताइन्।

तसर्थ काेरियामा रहेका सम्पुर्ण संघ संस्था ब्यक्ति बिशेषहरूलाइ उक्त बिशेष दिनमा उपस्थित भै दिनु हुन सचिबालयले बिशेष अनुराेध गरेकाे छ। साथै जातिय संस्थाहरूलाइ अाफ्नाे जातिय पाेशाकमा उपस्थित भैदिनु हुन सचिबालयले अनुराेध गरेकाेछ।

स्थान, याेङगीन सिटी, वाउछङसा गुम्बा परिसर

मिति ,२०१९ मे १२ तारिख, अाइतबार

समय  बिहान ९ बजे देखि पुजा,१०।३० मा र्याली,

अाैपचारिक कार्यक्रम १२ बजे देखि २ बजे समापन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...