Advertisement
SKIP THIS

नेपाल गोरखा परिवार दक्षिण कोरियाले आउदो मे २५ तारिख बृहत बनभोज कार्यक्रम आयोजना गर्ने


नेपाल गोरखा परिबार, दक्षिण कोरियाले यहि आउदो मे महिनाकाे  २५ तारिख बृहत बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ।विभिन्न उद्देश्यको सिलसिलामा कोरियामा बसोबास गर्दै आएका तमाम गोर्खाली दिदी बहिनी,दाजु भाइहरुलाइ बनभोज कार्यक्रममा उपस्थित भइदिनु हुन नेपाल गोरखा परिबारले विशेष अनुरोध गरेको छ।साथै बनभोज कार्यक्रमको ब्यबस्थापन गोरखा परिबारले गर्ने भए पनि कार्यक्रममा सम्पुर्ण कोरियामा रहनुहुने नेपालीहरुलाइ सहभागी भइदिन हुन हार्दिक निमन्त्रणा गरेको छ।

बिदेशी भुमिमा रहेर पनि गोर्खालीहरुको बिचमा आपसी सदभाब,मेलमिलाप,सहयोग एबम एक आपसमा चीनजान र रमाइलो गरि कामको तनाब र थकानलाई मेटाउनको लागि कार्यक्रमको आयोजना गर्न लागिएको कुरा सस्थाका अध्यक्ष नबराज गुरुङले बताए।बिभिन्न बिधाका कलासर्जकहरु उपस्थित गराई सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने कुरा नेपाल गोरखा परिवारका उपाध्यक्ष रेविका लामिछानेले बताइन्। कार्यक्रममा गोर्खा जिल्लाको अत्यन्तै लोकप्रिय कौडा नाच,सालैजो तथा लोक दोहोरीको बिशेष प्रस्तुति रहनेछ भने नन स्तप डान्स पार्टी पनि हुनेछ।साथै नेपाली खानाको विभिन्न परिकार सहित आकर्षक गिफ्ट ह्यम्पर वाला खेल पनि खेलाइने कुरा लामिछानेले बताइन्। यस बृहद बनभोज कार्यक्रम भब्यताको साथ सफल पार्नको लागि सहयोग गरिदिन हुन कोरियाको विभिन्न सहरमा रहनुभएका सम्पुर्ण गोर्खाली तथा नेपाली दिदी बहिनी,दाजु भाइहरुलाइ गोरखा परिबारले हार्दिक अपिल गरेको छ|

बनभाेज कार्यक्रममा पाल्नुहुने सम्पुर्ण साथिहरुलाइ यहि मे १५तारीख भित्र नामावली टिपाइदिन र तल दिएको खाता नम्बर मा पैसा डिपोजित गरिदिन हुन अनुरोध गरेको छ।

बनभोज शुल्क महिलाको लागि ५०००० वोन र पुरुषको लागि ६००००वोन रहेको कुरा कोषाध्यक्ष दिपक श्रेष्ठले बताएका छन्। उक्त बनभोजमा सहभागि हुन ईच्छुक कोरियाबासी गोरखालि दाजुभाई दिदि बैनि तथा सम्पुर्ण नेपालि महानुभाबहरु सङ निम्न ब्याक्तिहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

# एकाउन्ट नम्बर:1002353796025 Woori Bank (우리 은행)Shrestha Dipak

सम्पर्ककाे लागी  नबराज गुरुङ :01083468486 रेबिका लामिछाने:01058656029 दिपक श्रेष्ठ :01046815193 लिलु गुरुङ :01030464563 यदु लामिछाने :01038466979 खड्ग थापा :01094402036 खेमराज देब्कोटा:01021795927

स्थान : 강북구 상양로 181 길206 (Bukhansan ui 역 बाट हिडेर १५ मिनेट)

मिति :२०१९/०५/२५ समय: मे २५ तारिख सनिबार बेलुकी ८ बजे दुङ्देमुन बाट प्रस्थान गर्ने (बसको ब्यबस्था र पिकनिक स्थानमा सुत्नको राम्रो ब्यबस्था छ)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...