Advertisement
SKIP THIS

विश्वका हजुरबुबा-आमा भन्दा नातिनातिनाको संख्या कम


नेपालीहरुले बेलाबेलामा भन्ने गरिन्छ- ‘मुलुक वृद्धाश्राम बन्दैछ’ । यसको अर्को अर्थ युवा पुस्ताको तुलनामा वृद्धवृद्धाहरुको अधिक संख्या हुनु भन्‍ने पनि हुन्छ । संयुक्त राष्ट्र संघको एक तथ्यांकका अनुसार इतिहासमा पहिलो पटक विश्‍वमा बालबालिकाको तुलनामा वृद्धवृद्धाहरुको संख्या अधिक रहेको पाइएको हो । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको संख्याभन्दा ६५ वर्षभन्दा माथिमा वृद्धवृद्धाहरुको संख्याभन्दा निकै बढी भएको उक्त तथ्यांकले देखाएको छ ।
अहिले विश्वमा ६५ वर्षभन्दा बढी उमेरका वृद्धवृद्धाहरुको संख्या करिब ७० करोड ५० रहेको छ भने पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या करिब ६८ करोड रहेको छ ।

उमेर समूहको अन्तर बढ्दै
वृद्धवृद्धा र बालबालिकाबीचको संख्यात्मक दूरी अन्तरमा आएको वृद्धिलाई आधार मानेर हिसाब गर्ने हो भने सन् २०५० सम्ममा पाँच वर्ष मुनिका एक बालबालिका भन्दा वृद्धवृद्धाहरुको संख्या दोब्बर हुनेछ । जनसंख्यिक अध्ययनकर्ताहरुले यो तथ्यांकलाई दशकौंदेखि अध्ययन गरिरहेका छन् । उनीहरुका अनुसार बालबालिका र वृद्धवृद्धाहरुबीचको अन्तर बढ्नुको कारण मानिसहरु लामो समय बाँच्‍ने र थोरै सन्तान जन्माउने चाहना राख्‍नु रहेको छ ।
वासिङ्टन विश्वविद्यालयको स्वास्थ्य सुधार तथा मूल्यांकन विभागका निर्देशक क्रिस्टोफोर मुरे भन्छन्, ” यदी कुनै पनि समाजमा थोरै बालबालिका र अधिका वृद्धवृद्धाहरु भयो भने विश्वव्यापी समाजलाई नै अस्थिर बनाउँछ ।”
मुरेका अनुसार विश्वमा आधाभन्दा धेरै देशहरुले बेबी बुस्ट ( जन्मदरमा कमी आउनु ) को समस्या झेलिरहेका छन् । जसले गर्दा जनसंख्याको आकार मिलाउन र विश्वव्यापी समाजलाई स्थिर राख्न बालबालिकाको संख्यामा निकै कमी आउने गरेको मुरेको विश्लेषण छ ।
उनी भन्छन्, ” सोच्नुस त यदी बालबालिकाको तुलनामा वृद्धवृद्धाहरुको संख्या अधिक भयो भने समाजका लागि आर्थिक तथा समाजिक परिणाम कस्तो निस्किन्छ । पक्कै पनि सकारात्मक हुँदैन ।”
विश्व बैंकका अनुसार सन् १९६० मा विश्वमा प्रजननदर पाँच सन्तान प्रति महिला रहेको थियो । तर, करीब ६० वर्षपछि प्रजनन दर घटेर आधार २.४ बालबालिका प्रति महिला रहेको छ । यही ६० वर्षको अवधिमा सामाजिक अर्थतन्त्रमा पनि निकै बदलाव आएको छ । सन् १९६० मा मानिसहरुको सरदर आयु ५२ वर्ष थियो भने सन् २०१७ को तथ्यांक हेर्दा ७२ वर्ष पुगेको छ ।
यसको अर्थ वृद्धवृद्धाहरुको बढ्नुको कारण के हो भने मानिसहरुको सरदर आयु बढ्दै गयो र जति उमेर बढ्दै गयो त्यही अनुसार श्रोतसाधनको उपभोग अत्यधिक माग बढ्यो । जसको प्रत्यक्ष दबाब पेन्सन र स्वास्थ्य प्रणालीमा पर्‍यो ।
विकसित मुलुकमा यो वृद्धवृद्धाहरुको संख्या निरन्तर बढीरहेको छ । त्यहाँ जन्मदर निकै डरलाग्दो रुपमा घटीरहेको छ । विशेष गरी आर्थिक कारणले गर्दा जन्मदरमा कमी आएको छ भने बाल मृत्युदर घटीरहेको छ । विभिन्न अस्थायी साधनको बढ्दो प्रयोग र सन्तान हुर्काउन निकै खर्चिलो भएका कारण पनि जन्मदर घटिरहेको छ ।
विकसित मुलुकहरुमा ढिलो उमेरमा विवाह गर्ने र एक वा धेरैमा दुई सन्तान जन्माउने ट्रेन्ड बढीरहेको छ । उच्चस्तरको जीवनशैलीले गर्दा त्यहाँका मानिसहरुको धेरै बाँच्ने गरेका छन् । जसको उत्कृष्ट उदाहरणको रुपमा जापानलाई लिन सकिन्छ । जापानमा मानिसको सरदर आयु ८४ वर्ष रहेको छ । जुन विश्वमै सबभन्दा धेरै ओषत आयु भएको मुलुक हो । सन् २०१८ को तथ्यांक अनुसार जापानमा वृद्धवृद्धाहरुको संख्या २७ प्रतिशत छ । यो संख्या पनि विश्वमै सबभन्दा धेरै हो । संयुक्त राष्ट्र संघका अनुसार पाँच वर्षभन्दा मुनिमा बालबालिको संख्या ३.८५ प्रतिशत रहेको छ ।
यस्तो किसिमको दोहोरो चुनौतीले जापानी अधिकारीहरु दशकौंदेखि चिन्तित छन् । अघिल्लो वर्ष जापान सरकारले ६५ देखि ७० वर्षको उमेरमा अनिवार्य अवकाश लिनुपर्ने प्रावधानको घोषणा गरेको थियो । यो प्रावधान लागु भएसँगै विश्वमा नै सबभन्दा ढिलो उमेरमा सेवाबाट अवकाश लिने मुलुकको रुपमा जापानलाई मानिन्छ ।
जनसांख्यिक असन्तुलनले विकासशील राष्ट्रहरुमा पनि डरलाग्दो स्थिति सिर्जना गरिदिएको छ । चीनमा ६५ वर्षभन्दा माथिको उमेरका वृद्धवृद्धाहरुको संख्या १०.६ प्रतिशत रहेको छ । जुन जापानभन्दा निकै कम हो । चीनमा सन् १९७० पछि जन्मदर घटाउन परिवार नियोजनमा विषयमा कडा कानून ल्याइएको छ । यो कानून ल्याएसँगै विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकमा प्रजनन दर १.६ बालबालिका प्रति महिला रहेको छ । हाल चीनमा पाँच वर्षभन्दा मुनिका बालबालिका त्यहाँको कुल जनसंख्याको ६ प्रतिशतमात्र रहेको छ ।
बालबालिको संख्या र गुणस्तरीय जीवनशैली
बालबालिकाको संख्या र गुणस्तरीय जिवनशैलीका लागि अफ्रिकी मुलुकहरुलाई उत्कृष्ट उदाहरणका रुपमा लिन सकिन्छ । त्यहाँ प्रजनन दर उच्च रहेको छ । नाइजेरीय, विश्वकै बढी प्रजनन दर भएको मुलुक हो । जहाँ एक महिलाको प्रजनन दर ७.२ बालबालिका रहेको छ । त्‍यहाँ शिशु मृत्युदर पनि विश्वमा नै उच्च रहेको छ । हरेक एक हजार जीवित शिशुमा ८५ शिशुको मृत्यु हुने गरेको छ ।
जनसांख्यिक रुपमा हेर्ने हो भने प्रजनन दर २.१ प्रति महिला निकै राम्रो मानिन्छ । जनसंख्याका अध्यताहरुले प्रजनन दर २.१ प्रति महिलालाई म्याजिक (जादू) नम्बर संज्ञा दिएका छन् । जनसंख्यालाई सन्तुलनमा ल्याउनका लागि २.१ प्रजनन दर हुन आवश्यको रहेको जनसंख्याका अध्यताहरुको सुझाव छ ।
अध्यताहरुका अनुसार जुन मुलुकमा शिशु मृत्युदर उच्च छ त्यहाँ प्रजननदर २.३ हुनपर्दछ । जहाँ जन्मदर कम छ, ती मुलुकको जनसंख्या विस्तारै खुम्चिरहेको छ । एक अपवादका रुपमा रूसलाई लिन सकिन्छ । त्यहाँ जन्मदर १.७५ प्रति महिला रहेको छ । अबको केही दशमा यही रुपमा जन्मदर रहिरहने हो भने जनसंख्यामा निकै कमी आउने देखिन्छ ।
सं‌युक्त राष्ट्र संघको जनसंख्‍या विभागका अनुसार रूसको जनसंख्या यही रुपमा रहने हो भने सन् २०५० सम्ममा १४ करोड ३० लाखबाट घटेर १३ करोड २० लाखमा आउने छ ।
आर्थिक असर
जनसंख्या घटनु र वृद्धवृद्धाहरुकव संख्या बढ्नुको अर्थ काम गर्ने योग्य र दक्ष जनशक्तिमा कमी आउनु हो । जसले गर्दा आर्थिक उत्पादकत्वमा ह्रास ल्याउँछ । परिणामस्वरुप समग्र मुलुकको विकासमा बाधा पुर्‍याउँछ । सन् २०१८ को नोभेम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषले आगामी ४० वर्षमा जापानको अर्थतन्त्रमा २५ प्रतिशत ह्रास आउने तथ्यांक प्रस्तुत गरेको थियो । यसको मुल कारण भनेको काम गर्नसक्ने युवा शक्तिको कमी र वृद्धवृद्धाहरुको संख्यामा भइरहेको निरन्तर वृद्धि भएको कोषले देखाएको छ ।
अक्सपोर्ड इन्स्टिच्यू वृद्धवृद्धा जनसंख्या विभागका निर्देशक जर्ज लीसन भन्छन्, ” असन्तुलित जनसंख्याले हाम्रो जीवनको हरेक पक्षमा असर पुर्‍याउँछ । एक पटक आफ्नो घरको झ्यालबाट बाहिर सडकमा हेर्नुहोस्, सडक छेउमै उभिएका महल हेर्नुहोस्, त्यही सडकको ट्राफिक र उपभोग्य सामग्रीको बिक्रि वितरण हेर्नुहोस् । यी सबै कुरा जनसांख्यिकले निर्देशित गर्छ ।”
यस विषयमा सम्बन्धित मुलुकको सरकार गम्भीर हुन जरुरी छ । यजिङ टाइम-बम ( जनसांख्यिक असन्तुलन ) लाई निस्क्रिय पार्न सरकारले विशेष नीति तथा योजनाहरु तर्जुमा गर्न आवश्यक छ । र केही मुलुकहरुले यस विषयमा नीति तय पनि गरेका छन् । जुन खुशीको कुरा पनि हो ।
चीनले आफ्‍नो एक-सन्तानको नीतिलाई सन् २०१५ मा संशोधन गरेको थियो । र सन् २०१८ मा गरेको संशोधन अनुसार २०२० मा जन्मदरमा लगाइएको नियम फुकुवा गर्ने योजना रहेको छ । सन् २०१८ को तथ्यांक हेर्दा चीनमा १ करोड ५२ लाख शिशुले जन्म लिएका थिए । जुन ६० वर्ष यताकै सबभन्दा कम भएको जनाइएको छ ।
बच्चा जन्माउनु परिवारको मात्र विषय नभएर राष्ट्रिय बहसको विषय बनिसकेको छ । चीनको जनसंख्यामा कमी आउनुको कारण महिलाको प्रजनन उमेर, परीवारका महत्वाकांक्षी योजनाहरु र अन्य आर्थिक कारण रहेको जनाइएको छ । विशेष गरी घरमा शिक्षित महिलाले जनसंख्या घट्नुको मुख्य भूमिका रहेको जनाइएको छ ।
जनसंख्या क्षेत्रका विज्ञहरुका अनुसार स्वास्थ्य क्षेत्रमा बनाइएका नीति तथा योजनाहरुले वृद्धवृद्धाहरुको संख्या पार्ने असर कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसको अर्थ के हो भने एक स्वस्थ व्यक्तिले लामो समय कामलाई निरन्तरता दिन सक्छ जसले गर्दा स्वास्थ्य क्षेत्रमा पनि खर्च कम लाग्छ ।
अन्तर्राष्ट्रिय मजदूर संगठनको तथ्यांकका अनुसार विश्वव्यापी लेबर मार्केटमा महिलाहरु पुरुष भन्दा २५ प्रतिशत कम सहभागी भएको पाइएको छ । सन् २०१८ को तथ्यांकका अनुसार कार्यक्षेत्रमा ४८.५ प्रतिशत महिला सहभागिता रहेको छ ।
आइएलओका अर्थशास्त्री इकेहार्ड अर्नेस्ट भन्छन्, “गरिबी न्यूनीकरणका लागि कार्यक्षेत्रमा महिलाको सहभागिताको वृद्धिले महत्वपूर्ण भूमिका खेल्छ ।”

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...