Advertisement
SKIP THIS

आगामी मे ४ मा लोटस् ल्यान्टर्न फेस्टीभल हुने,सम्पूर्ण नेपाली समुदायमा सहभागीताका लागि अनुरोध


कोरियामा २५६३ औं  बुद्ध जयन्तीको अवसरमा आगामी मे ४ तारिख शनिबार लोटस् ल्यान्टर्न फेस्टीभल(अन्तर्राष्ट्रिय शान्ति पदयात्रा-र्याली)- “यन दोंङ् ह्वी”हुने भएको छ। बिगतका बर्ष झैं यस बर्ष पनि बुद्ध जयन्तीको अवसरमा बौद्ध धर्म अन्तर्गतको एक ठुलो संस्थाकाे आयाेजना तथा झोगे जुङ्गकाे आयाेजना तथा ब्यवस्थापनमा  उक्त फेस्टीबल हुन लागेको कुरा जनाइएको छ।

यस फेस्टीभल अर्थात अन्तर्राष्ट्रिय शान्ति पद यात्रामा नेपालको प्रतिनिधित्व गर्दै नेपाल बौद्ध परिवार दक्षिण कोरियाको संयोजनमा प्रत्येक बर्ष नेपाली जन समुदायहरुले सहभागीता जनाउदै आईरहेका छन्।त्यसै गरि यस बर्ष पनि नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै नेपाल बाैद्द परिवारकाे संयाेजनमा सहभागीता जनाउने कुरा नेपाल बाैद्द परिवारका  अध्यक्ष पेम्बा दोङ्बा ह्योल्मोले बताए। र्यालीमा बुद्धको जीवनी संग सम्बन्धित विभिन्न चित्रहरु एवं बुद्धका प्रतिमा(मुर्ति)हरु बनाएर रथमा राखि शहर परिक्रमा गराउने गरिन्छ।

विभिन्न देशका बिदेशी नागरिक तथा स्वदेशी नागरिकहरु लाखौंको संख्यामा आ- आफ्नो देशका संस्कृति एवं पहिचान झल्काउदै र्यालीमा सहभागी हुने गर्दछन्। यस बर्ष नेपालको तर्फबाट विभिन्न झाँकी,  बाजागाजा र बिशेष आकर्षणको रुपमा बौद्धनाथको स्तुपा बनाएर रथमा परिक्रमा गराइने कुरा महासचिव प्रितम गुरूङ्गले बताएका छन्।  गत बर्षको Lotus Lantern Festival मा भने नेपाल बुद्ध प्रतिमा स्थापना अभियान २०१८ काेरियाले नेपालबाट खरिद गरि ल्याईएको कोरियाको योङ्ईन शहर नजिक  पर्यटकीय गुम्बा वाउछङ्सामा राखिएको  नौ फिट उचाई भएको बुद्धको बिशाल प्रतिमा(मुर्ति) बिशेष आकर्षण स्वरुप प्रदर्शन गर्दै  विभिन्न झाँकी बाजागाजा सहित भब्यताका साथ र्यालीमा सहभागीता जनाईएको थियोे।

आगामी २०१९ मे ४  शनिबार दिनको ४:३० देखि ६:३० बजे सम्म दोङगुक युनिभर्सिटीको प्राङ्गणमा विविध कार्यक्रम सहित २५६३  औं बुद्ध जयन्तीको अवसरमा हुने उक्त फेस्टीभलको औपचारिक कार्यक्रम तथा भव्य उदघाटन समारोह हुनेछ। औपचारिक कार्यक्रम सहित उदघाटन समारोह सकिन साथ साँझ ७ बजे दोंगुक देहाक्योबाट र्याली शुरु हुनेछ भने र्याली दोंदेमुन हिस्ट्री एण्ड कल्चर पार्क,छोङरो हुँदै जोंगाकको झोगेसा गुम्बाको अगाडि बेलुकी ९:३० बजे सम्म पुगेर अन्त्य हुने कुरा आयोजकले जनाएका छन्।

त्यसै गरि मे ५ तारिख आईतबार दिनको १२ बजे देखि साँझ ७ बजे सम्म झोगेसा गुम्बाको अगाडि मेनरोडमा बौद्ध मार्ग सम्बन्धि प्रदर्शनी मेला लाग्नेछ। यसै अवसरमा दक्षिण कोरियामा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई र विशेष गरि विभिन्न जातीय संघ संस्थाहरुका प्रतिनिधिहरुलाई आफ्नो संस्कार,संस्कृति झल्किने भेष भूषामा सजिएर बाजा गाजा एवं झाँकीहरु सहित आफ्नो मातृभूमि देश नेपालको पहिचान झल्काउदै शिर उचो राख्नका निमित्त उक्त र्यालीमा सहभागी भैदिनु हुनका लागि सम्पूर्णमा नेपाल बौद्ध परिवार(Nepal Buddhist Family) दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम सम्बन्धि जानकारी:

१) लोटस ल्यान्टर्न फेस्टीभल(अन्तर्राष्ट्रिय शान्ति र्याली) # उदघाटन समारोह:- मिति-२०१९ मे ४,शनिबार

समय-दिनको ४ बजे देखि ६:३० सम्म

स्थान-दोंगुक देहाक्यो(युनिभर्सिटी)

# र्याली प्रस्थान:- समय- साँझ ७ बजे स्थान:-दोंगुक देहाक्यो,दोंदेमुन-डोट्टा अगाडि,छोंङरो,झोगेसा(साँझ-९ बजे)

२) बौद्ध मार्ग सम्बन्धि प्रदर्शनी-मेला

मिति-२०१९ मे ५,अाईतबार

समय-दिनको १२ बजे देखि साँझ ७ सम्म

स्थान-जोंगाक,झोगेसा गुम्बा अगाडिको मेनरोड

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...