Advertisement
SKIP THIS

उत्तर कोरियाको चलचित्र : प्रोपागान्डा, आलु र जापानी निन्जा


उत्तरको कोरियाको पर्खाल नाघेर एकाध डकुमेन्ट्री मात्रै बाहिर आएका छन् । तिनै वृत्तचित्रले कम्युनिष्ट अधिनायकवादमा दरिद्र जीवनको थोरै भए पनि झल्को देखाएका छन्।
उत्तर कोरियाले सिनेमामा देखाउनलाई कथानक चलचित्र पनि उत्पादन गर्छ । तर यी ‘प्रोपागान्डा फिल्म’ बारे थोरै मात्र जानकारी उपलब्ध छ।
सन् २००० ताका इटालीको उडिनी फार इस्ट फिल्म फेस्टिभल लगायत केही अन्य कार्यक्रममा मनमोहक ‘ट्राभलिङ फिल्म रोडशो’ प्रदर्शन गरिएको थियो । रोडशोमा देखाइएका ‘हार्डलाइन’ कम्युनिष्ट देशका आठोटा चलचित्रले ती मुद्दामा केही प्रकाश पारेका थिए ।
अ बेलफ्ल्वार र माइसेल्फ इन द डिस्टेन्ट फ्युचरजस्ता चलचित्रले देशवासीलाई आहार परिवर्तन गर्न प्रोत्साहन गर्दछन्।

अनिकालले बारम्बार आक्रान्त पार्ने देशमा यस्तो चलचित्र निर्माण हुनु स्वाभाविक नै हो । यस बाहेक, ती चलचित्रले ट्रयाक्टरको नयाँ प्रकारको इन्धन विकास गर्नलाई कडा मेहनत गर्न उत्तर कोरियालीलाई प्रेरित गरेका छन्।
तर सबैभन्दा महत्वपूर्ण ती चलचित्रले उत्तर कोरियाका ‘महान नेता’ – किम इल–सुङ र उनका पुत्र किम जोङ–इलसामु शिर निहुर्‍याउन र उनीहरूको प्रशंसा गर्न दर्शकलाई निर्देशन दिन्छन्।
चलचित्रले उत्तर कोरियाको रहस्मयी संसारको असामान्य दृष्टिकोण बोकेका छन् । सन् १९९७ मा बनाइएको जाङ इन–हाकले निर्देशित ‘माइसेल्फ इन द डिस्टेन्ट फ्युचर’ त्यो श्रृंखलाकै सबैभन्दा प्रत्यक्ष ‘प्रोपागान्डा’ चलचित्र थियो ।

प्योङयाङका एक युवा गाउँलाई आधुनिकीकरण गर्नमा व्यस्त निर्माणकर्मीहरूको टोली प्रमुखसँग प्रेम गर्न थाल्छन् । आदर्श कामदार बनेर उनको प्रेम जित्न खोज्न खोज्छन् र आफूसँगै प्योङयाङ लैजान चाहन्छन् । तर उनी जान मान्दिनन् ।
जीवन जतिसुकै कठोर र कठिन होस्, आफू जन्मिएको स्थानमै खुसीसाथ बस्नुपर्छ – चलचित्रको कथासार यही हो ।
गाउँबाट शहर बसाइँ सर्नेहरू बढ्न थालेपछि उत्तर कोरियाली सरकारले त्यसलाई रोकथाम गर्ने प्रयास गरिरहेको बेला उक्त चलचित्र बनाइएको थियो । चलचित्रकी हिरोइनले ‘सबै युवती प्योङयाङ’ जान चाहन्छन् भने पनि उनी गाउँमै बस्ने निर्णय गर्छिन् । दरिद्र गाउँ सुधार्न उनी त्यहाँ टालटुल गर्ने कार्यमा लागिरहन्छिन् ।
चलचित्र बन्दा अनिकाल लागेको दुई वर्ष भएको थियो । चलचित्रमा भने खानाको कुनै कमी नभएको देखाइएको छ । लहलहाउँदो खेतमा मकै भाँचिरहेका सबै पात्रले झोलामा पाकेका स्याउ टन्न बोकेका छन् । एउटा भोज पनि हुन्छ जहाँ सबैलाई अघाउञ्जेल खान र त्यसपछि ‘सर्कस’ जान अनुरोध गरिन्छ । चलचित्रले दर्शकलाई चामलभन्दा आलु खान प्रोत्साहन गर्छ । आहारका परम्परागत श्रोत त्यागेर आलु खान प्रोत्साहन गर्ने सरकारी अभियानको सन्देश चलचित्रमा गुथिएको छ ।

किम किल–इन र शिन साङ–ओकले सन् १९८६ मा बनाएको होङ किल दोङ भिन्न खालको ‘ड्रामा’ चलचित्र थियो । चलचित्रले उत्तर कोरियाको ‘रबिनहुड’ जस्ता पात्र प्रस्तुत गरेको छ । सम्भ्रान्त वर्गका होङ लोभी जमिनदारलाई आक्रमण गर्छन् । उनीहरूले विपन्नबाट चामल खोसेर राखेका हुन्छन् । यही क्रममा केही जापानीले देशमा आक्रमण गर्छन् र मुकुटका हिराजवाहरात चोर्छन् । यसले उनमा चरम राष्ट्रवादी भावनाको विकास हुन्छ । पूर्व शत्रुसँग मिलेर विदेशी आक्रमण विरूद्ध लड्न थाल्छन्।
चलचित्रमा ‘मार्शल आर्ट’ का केही दृश्यहरू राखिएका छन् । जुन राम्रा पनि छन् । हङकङमा बन्ने कङ फुका पुराना चलचित्रको सम्झना गराउँछ।
प्रदर्शनीमा एउटा चलचित्र भने अनौठो थियो । तेन जान : द अल्टिमेट मिसन शीर्षककाे त्याे ‘फ्युचरिस्टिक एक्सन’ चलचित्रकाे निर्देशन इटालीका निर्देशक फर्दिनान्दो बाल्दीले गरेका थिए । बाल्दीले छद्म नाम टेड काप्लान प्रयोग गरेर त्याे चलचित्र बनाएका थिए । सन् १९९८ मा बनेको उक्त ‘एक्सन’ चलचित्र मार्फत अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने उत्तर कोरियाको असफल प्रयास थियो । विदेशी निर्देशकलाइ चलचित्र बनाउने दिइए पिन सफलता हात लागेन ।
उत्तर कोरियामै छायाङ्कन गरिएको उक्त चलचित्रमा पश्चिमा कलाकारले अभिनय गरेका छन् । चलचित्रको विषय नियन्त्रित प्रजनन प्रक्रियाबाट चाहेजस्तो विशेषता भएको जनसंख्या बनाउने विज्ञान ‘युजेनिक्स’ मा आधारित छ । चलचित्रमा उत्तर कोरियालाई अत्याधुनिक प्रविधिको ‘वन्डरल्यान्ड’ को रूपमा प्रस्तुत गरिएको छ।
‘त्यो यथार्थको सचेत बहिष्करण थियो,’ बाल्दीले पछि भनेका थिए।
उत्तर कोरियाबाट चलचित्र कसरी बाहिर आउँछन्, त्यो आफै‌मा एउटा रोचक कथा हो । बर्लिन फिल्म फेस्टिभलमा हराएजस्तो देखिने उत्तर कोरियाली प्रतिनिधि मण्डललाई जर्मनीका ‘फिल्म बफ’ योहान्नेस शोनेरले भेटेपछि यसको शुरूआत भएको हो । उक्त प्रतिनिधि मण्डल शहरमा उत्तर कोरियाली चलचित्र निर्यात गर्ने प्रयासमा आएको तर कसरी सुरू गर्ने त्यसबारे अनभिज्ञ रहेको शोनेर बताउँछन्।
खाली हात प्योङयाङ फर्किनुपर्छ भनेर उत्तर कोरियालीहरू निकै डराएका थिए । त्यसैले उत्तर कोरियाली चलचित्रलाई पश्चिममा देखाउने कार्यक्रम आयोजना गर्ने शोनेरको सुझावलाई उनीहरूले तुरून्तै स्वीकार गरे । शोनेरले पछि उत्तर कोरियाली चलचित्रबारे एउटा पुस्तक नै लेखे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...