Advertisement
SKIP THIS

मे २६ मा नेपाली चलचित्र ए मेरो हजुर ३ काेरियामा प्रदर्शन हुने


इलामेली समाज दक्षिण कोरियाले इलाममा रहेकाे राहसल बाल अनाथालयको आवास भवन निर्माण सहयोगार्थ मे २६ आईतबारका दिन सउल दाेङदेमुनकाे 종로구민회관 हलमा नेपाली चलचित्र ए मेरो हजुर ३ प्रदर्शन गर्ने भएको छ ।

चैत २९ गते काठमाडौं उपत्यकाका लगायत नेपाल भरिका विभिन्न हलहरुमा रिलिज हुने नेपाली कथानक चलचित्र “ए मेरो हजुर ३” मे महिनाको तेस्रो हप्ताबाट कोरियाको राजधानी सिओल सगै कोरियाका बिभिन्न ठुला सहरका हलहरूमा उक्त चलचित्रको प्रदर्शन हुने भएको पक्का भएको छ । चलचित्रको प्रदर्शनबाट संकलन भएको सम्पूर्ण नाफा रकमलाई अनाथालयको आवास भवन निर्माण सहयोगार्थ प्रदान गरिने छ । विगतमा पनि संस्थाले बिभिन्न अभियान मार्फत सहयोग जुटाई सहयोग गर्दै आएको छ । रचनात्मक कार्यक्रम मार्फत श्रोत जुटाई सामाजिक कार्यलाई अझ ससक्त बनाउदै अघि बढ्ने संस्थागत योजना रहेको समेत संस्थाका सचिव केदार निरौलाले जानकारी गराए ।

सुनिल कुमार थापाको निर्माण तथा नायिका / निर्देशक झरना थापाको निर्देशन रहेको साथै विगत केही वर्ष देखी कोरियालाई कर्मथलो बनाउदै आइरहनु भएका युवा रोज सेरेङ्गको सह-निर्माता रहेको उक्त चलचित्रमा नायक अनमोल केसी र नायिका सुहाना थापा मुख्य भूमिकामा रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...