एच आर डि काेरियाले इपिएस सम्बन्धि गरेकाे पछिल्लाे निति सम्बन्धि अन्तरक्रिया कार्यक्रम


इपिएस कामदारले आफ्नो परिवार लाई केही समयको लागि कोरिया बोलाउन पाउने भन्ने पछिल्लो चर्चा सगै यस बिषयलाई नेपाली राजदुतावास कोरियाले अझ प्रष्ट पार्ने जनाएको छ ।नेपाली कामदारहरु बिच बिशेष चासो रहेको यो बिषय सगै अन्य बिबिध शिर्षकमा केन्द्रित रहेर छल्लानाम्दो ख्वाङ्जुमा आगामी आइतबार अर्थात् मार्च ३ तारिखका दिन बृहत कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

नेपाली सामुदायिक समिति ख्वागंजुको आयोजनामा हुने उक्त कार्यक्रममा इपिएस सम्बन्धी पछिल्ला नीति नियमको बारेमा जानकारी दिदै मजदुरहरुका आम समस्याका बारेमा अन्तर्कृया गरिने आयोजकले जनाइएको छ ।कार्यक्रममा नेपाली राजदुतावासका श्रम कन्सुलरले पछिल्लो समय आउन लागेको इपिएस नीति नियम र कामदारहरुको आइपर्ने समस्या कहाँ के कसरी सामाधान तथा ब्यवस्थापन गर्ने भन्ने विषयमा जानकारी दिनुहुने जनाइएको छ ।त्यस्तै कार्यक्रममा पिएचडी अध्ययनरत सन्तोष खड्काले तयार पार्नुभएको सफलता सम्बन्धि १५ मिनेटको शुत्र लाई पनि समाबेश गरिने आयोजकले जनाएको छ ।

नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान दिने व्यवस्थाका लागि आन्तरिक सहमती गरिसकेको र कोरिया सरकारले छिट्टै औपचारिक घोषणा गर्दैछ । कोरिया पुगेका कामदारले निश्चित अवधिका लागि परिवारका सदस्यलाई कोरिया ल्याउन पाएमा त्यसले मनोवैज्ञानिक रुपमा पनि निकै उत्साह थप्ने विश्वास सउल स्थित नेपाली राजदुतावासको रहेको छ ।यसका लागि नेपाल सरकार र एचआरडी कोरिया बिच पटक पटक बार्ता भैसकेको छ ।कोरियामा लगातार काम गर्नुपर्ने ४ वर्ष १० महिनाको बीचमा कम्तिमा एकपटक कामदारको परिवार कोरिया आउन पाए परिवारलाई कोरियामा काम सम्वन्धी जानकारी हुने र कोरियाको अवस्थामा थाहा हुने हुदा आत्महत्या लगायत डिप्रेशन समस्यामा कमी आउने दावी ईपीएस अधिकारीहरुको छ ।

छलानाम्दो ख्वाङ्जु आसपासमा रहेका नेपाली दाजुभाइ दिदी बहिनी हरुलाइ आफ्ना केही समस्या भए आधिकारिक ब्यक्तित्व सग अन्तर्कृया गर्न पाउने यो अबसरलाइ नगुमाउन नेपाली सामुदायिक समितिका संरक्षक सन्तोष पराजुलीले आग्रह गरेका छन् ।साथै उक्त दिन ठिक १२ बजे हानाम १ नम्बर स्थित बिगतका दिनहरुमा कार्यक्रम गरिएको रेक्जिवन सेन्टरको हलमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।स्थान सम्बन्धी कुनै जानकारी चाहिएमा सोनम शेर्पा , अरुण क्षेत्री, सन्तोष पराजुली ,राजु श्रीसँग सम्पर्क गर्न सकिने छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...