Advertisement
SKIP THIS

एच आर डि काेरियाले इपिएस सम्बन्धि गरेकाे पछिल्लाे निति सम्बन्धि अन्तरक्रिया कार्यक्रम


इपिएस कामदारले आफ्नो परिवार लाई केही समयको लागि कोरिया बोलाउन पाउने भन्ने पछिल्लो चर्चा सगै यस बिषयलाई नेपाली राजदुतावास कोरियाले अझ प्रष्ट पार्ने जनाएको छ ।नेपाली कामदारहरु बिच बिशेष चासो रहेको यो बिषय सगै अन्य बिबिध शिर्षकमा केन्द्रित रहेर छल्लानाम्दो ख्वाङ्जुमा आगामी आइतबार अर्थात् मार्च ३ तारिखका दिन बृहत कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

नेपाली सामुदायिक समिति ख्वागंजुको आयोजनामा हुने उक्त कार्यक्रममा इपिएस सम्बन्धी पछिल्ला नीति नियमको बारेमा जानकारी दिदै मजदुरहरुका आम समस्याका बारेमा अन्तर्कृया गरिने आयोजकले जनाइएको छ ।कार्यक्रममा नेपाली राजदुतावासका श्रम कन्सुलरले पछिल्लो समय आउन लागेको इपिएस नीति नियम र कामदारहरुको आइपर्ने समस्या कहाँ के कसरी सामाधान तथा ब्यवस्थापन गर्ने भन्ने विषयमा जानकारी दिनुहुने जनाइएको छ ।त्यस्तै कार्यक्रममा पिएचडी अध्ययनरत सन्तोष खड्काले तयार पार्नुभएको सफलता सम्बन्धि १५ मिनेटको शुत्र लाई पनि समाबेश गरिने आयोजकले जनाएको छ ।

नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान दिने व्यवस्थाका लागि आन्तरिक सहमती गरिसकेको र कोरिया सरकारले छिट्टै औपचारिक घोषणा गर्दैछ । कोरिया पुगेका कामदारले निश्चित अवधिका लागि परिवारका सदस्यलाई कोरिया ल्याउन पाएमा त्यसले मनोवैज्ञानिक रुपमा पनि निकै उत्साह थप्ने विश्वास सउल स्थित नेपाली राजदुतावासको रहेको छ ।यसका लागि नेपाल सरकार र एचआरडी कोरिया बिच पटक पटक बार्ता भैसकेको छ ।कोरियामा लगातार काम गर्नुपर्ने ४ वर्ष १० महिनाको बीचमा कम्तिमा एकपटक कामदारको परिवार कोरिया आउन पाए परिवारलाई कोरियामा काम सम्वन्धी जानकारी हुने र कोरियाको अवस्थामा थाहा हुने हुदा आत्महत्या लगायत डिप्रेशन समस्यामा कमी आउने दावी ईपीएस अधिकारीहरुको छ ।

छलानाम्दो ख्वाङ्जु आसपासमा रहेका नेपाली दाजुभाइ दिदी बहिनी हरुलाइ आफ्ना केही समस्या भए आधिकारिक ब्यक्तित्व सग अन्तर्कृया गर्न पाउने यो अबसरलाइ नगुमाउन नेपाली सामुदायिक समितिका संरक्षक सन्तोष पराजुलीले आग्रह गरेका छन् ।साथै उक्त दिन ठिक १२ बजे हानाम १ नम्बर स्थित बिगतका दिनहरुमा कार्यक्रम गरिएको रेक्जिवन सेन्टरको हलमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।स्थान सम्बन्धी कुनै जानकारी चाहिएमा सोनम शेर्पा , अरुण क्षेत्री, सन्तोष पराजुली ,राजु श्रीसँग सम्पर्क गर्न सकिने छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...