Advertisement
SKIP THIS

दुःखद खबर : दक्षिण कोरियामा फेरी अर्को नेपालीको सुतेकै अबस्थामा मृत्यू


दक्षिण कोरियामा सुतेकै अबस्थामा अर्को नेपालीको मृत्यू भएको छ । विगत ८ वर्षदेखी फाजुको फर्निचर कम्पनीमा काम गर्दै आएका जीवन भनिने ठाकुर तामाङको मंगबार राति सुतेकै अबस्थामा मृत्यू भएको हो ।
‘सोमबार काम गरेर सुतेको रहेछन् । सबै राम्रो थियो रे । स्वस्थ्यमा पनि कुनै समस्या थिएन रे ।’ नेपाल तामाङ संघ दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष रबि लामाले भने । ‘हामी गएर कम्पनीमा साथीभाइसँग बुझ्दा सामान्य अबस्थामै सुतेको भने । बुधबार काममा जान नउठे पछि हेर्दा मृत्यू भएको रहेछ ।’ उनले थपे ।
अहिले उनकाे पार्थिव शरीरलाई स्थानिय अस्पतालमा राखिएको छ । हृ्रदयघातकै कारण मृत्यू भएको भन्ने प्रारम्भिक अनुभान गरेको नेपाल तामाङ संघका अध्यक्ष मेघप्रसाद वाईवाले भने । बिहीबार पोष्टमार्टम हुनेछ । त्यसैबाट मात्र के कारणले मृत्यू भयो भन्ने बृस्तित बिबरण आउने अस्पतालले जनाएको छ । नेपालमा घर धादिङ भएका मृतक तामाङको परिवारलाई खबर गरिएको पनि संघका अध्यक्ष वाईवाले भने । ‘नेपालमा परिवारलाई जानकारी गराएको छ । उहाँहरुले पार्थिव शरीरलाई नेपाल नै पठाई दिन आग्रह गरेका छन् । हामीले नेपाली दुताबासमा खबर गरेका छौ । आउने सोमबार, मंगलबार भित्र सम्म काम होला कि ?’
मृतकका बारेमा बुझ्न बुधबार गैह्र आवसीय नेपाल संघ एनआरएनए दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङ, नेपाल तामाङ संघका वरिष्ठ सल्लाहकार टिकाराम मोक्तान, नेपाल अदिबासी जनजाति महासंघका कार्यबाहक अध्यक्ष मल्लिका थकाली, नेपाल तामाङ संघबाट अध्यक्ष मेघप्रसाद वाईवा र बरिष्ठ उपाध्यक्ष रबि लामा, वुमन फर वुमनका अध्यक्ष पदमा श्रेष्ठ र कोषाध्यक्ष पार्वती मोक्तानले अस्पताल गएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...