Advertisement
SKIP THIS

जलेश्वर चौधरीलाई स्वदेश फर्काउन काेरियामा सहयाेग संकलन अभियान शुरू


करिब चार बर्ष अगाडि वैदेशिक रोजगारीमा गएर पैसा कमाउने र परिवारमा खुशी लिएर फर्किने सपना बोकेर चितवनका जलेश्वर चौधरी साउदी पुगे। चालकको रूपमा गएका चौधरीलाई कम्पनीले पुगेको भोलिपल्ट देखिनै रेडिमिक्स ट्रक चलाउने जिम्मा दियो। गाडी चलाउन थालेको ६ महिनामा ट्रकमा पछाडीबाट साउदीका एक नागरिकले चलाएको गाडी ठोक्कियो र चालकको घटना स्थलमै मृत्यु भयो। हेभी लाइसेन्स बिनानै हेभी गाडी चलाई दुर्घटना पछी गल्ती चालककोनै देखिन्छ। त्यसपछि  चाैधरी लाई जेल पठाइयो।

उनले साउदी नागरिकको हत्या नभएर दुर्घटनमा मृत्यु भएकोले त्यहाँको अदालतले ३ लाख साउदी रियाल ब्लडमनि सहित २ महिना जेल सजाय फैसला गरेको थियोे।उनको ब्लडमनि नजुटेपछी २२ महिनासम्म जेलमा थिए। २२ महिनापछि मृतकका श्रीमतीले उनको आफ्नो तर्फबाट डेढलाख साउदी रियाल ब्लडमनि तिर्नुपर्ने गरि जेलबाट उन्मुक्ति दिन आग्रह गरेपछि अहिले उनलाई साउदी सरकारले डेढलाख साउदी रियाल मिनाहा सहित जेलमुक्त गरेको छ। उक्त रकम नबुझाएसम्म उनी स्वदेश फिर्ता हुन नपाउने अवस्था छ ।

त्यसैले दक्षिण कोरियामा रहेको नेपाल आदिवासी जनजाति महासंघ ,थारु कल्याणकारिणी सभा र चितवन सम्पर्क समिति दक्षिण कोरियाको संयुक्त पहलमा जलेश्वर चौधरीलाई सकुशल स्वदेश फिर्ता पठाउनका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ । दक्षिण कोरियामा रहेका सम्पूर्ण राजनैतिक संगठनहरु ,क्षेत्रीय संस्थाहरु, जातीय संस्थाहरु, व्यवसायीहरु,विद्यार्थीहरु लगायत कोरियामा रहनु भएका सम्पुर्ण लाई सहयोगको लागि  अभियन्ता संस्थाले हार्दिक अपिल गरेकाेछ।  ।

रकम जम्मा गर्नको लागि IBK BANK (CHAUDHARY AMBAR BAHADUR) A/C No : 28908605801016 बैंक कोड (03) सम्पर्कको लागी : 1. अम्बर ब.चौधरी : 010-5953-8006 2. शिब चौधरी: 010-2175-2546 3. शिब शंकर महतो थारू: 010-2156-7085 4.मल्लिका थकाली -010-9972-1926 5 भोला पौडेल 010-5901-2761

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...