Advertisement
SKIP THIS

नार्गाजुन गुम्बाले मनायो ग्याल्बो ल्होछार


दक्षिण कोरियामा रहेको नेपाली गुम्बा नार्गाजुन गुम्बाले मंगलबार ग्याल्बो ल्होछार २१४६ मनाएको छ । गुम्बाले प्रत्येक बर्षको कोरियन नयाँ बर्ष सलनालको दोस्रो दिन ल्होछार मनाउँदै आएको छ ।
बिहान १० बजे लामा गुरुहरुले पुजा गरेर सुरु भएको ल्होछार कार्यक्रम दिउँसो २ बजे सम्म चलेको थियो । लामा गुरुहरुको पुजा सकिए पछि नेपालबाट आएका ताम्बा गायक दावा बाङ्गेल मोक्तान, फूलकुमार बोम्जन र जीवन बोम्जनले डम्फुरे गीत र सेलो गाएका थिए ।
कार्यक्रममा बोल्दै नार्गाजुन गुम्बाका अध्यक्ष तथा लामा प्रमुख उर्गेन लामाले जसले ल्होछार मनाए पनि रमाइलो गरि मनाउनु पर्ने बताए । ‘हामी जहाँ जस्ले जसरी ल्होछार मनाए पनि ठीकै छ । ठाउँ र परिवेश अनुसार आफ्नो आफ्नो तरिकाले ल्होछार मनाउने गरेको सुनाए । हाम्रो लागि ल्होछार चाड हो । सबै जना हाँसी खुशी मनाऔ । दाजुभाइ दिदीबहिनी मिलौ । अरु सबै कुरा ठीक हुन्छ ।’ उनले भने ।
त्यस्तै सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ लामाले पनि सबै नेपालीलाई ल्होछारको शुभकामना दिए । कार्यक्रममा नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघ वाईवा, नेपाल आदिबासी जनजाति पत्रकार संघ फोनिजका अध्यक्ष गोकुल थोकर, तामाङ पत्रकार संघ दक्षिण कोरियाका अध्यक्ष सिमा लामा, तामाङ समाज ख्याङ्सानाम्दो बुसानका अध्यक्ष विश्वास ब्लोन लगाएतका संघसंस्थाका प्रतिनिधिको उपस्थिती थियो । कार्यक्रममा नेपालबाट आएका कलाकारहरु दावा वाङ्गेल मोक्तान, फूल कुमार बोम्जन, जीवन बोम्जन, बिना घले तामाङ, टिका बोम्जन र जोगलाल लामालाई सम्मान गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...