Advertisement
SKIP THIS

दक्षिण कोरियाको किम्हेमा सोनाम ल्होछार सम्पन्न


नेपाली राष्ट्रिय चाड एवंम् तामाङ समुदायको महान चाड मन्जुश्री सम्बत २८५५ औं सोनाम ल्होछार(फाग्/ड्वा ल्हो) विविध कार्यक्रमका साथ दक्षिण कोरियाको किम्हे शहरमा रहेका तामाङहरुले आइतबार भब्य रुपमा सम्पन्न गरेको छ । तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान दक्षिण कोरियाले लामा गुरुबाट विशेष पूजा र विविध सांस्कृतिक कार्यक्रम सहित सोनाम ल्होछार मनाएको छ । कुकुर वर्ग (नागी ल्हो) लाई बिदाई र बदेल वर्ग (फाग्/ड्वा ल्हो) को स्वागत गर्दै शुभकामना आदानप्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघ प्रसाद वाइबाले कार्यक्रममा तामाङ समाज ख्यङ्सङ्नाम्दो/बुसान दक्षिण कोरियाद्वारा सञ्चालित नि:शुल्क महिला आवास गृह “नानाआङा धिम किम्हे”को पनि उद्धघाटन गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

औपचारिक कार्यक्रम सम्पन्न पश्चात दिवा भोजको व्यवस्था र दिवा भोज पछि स्थानिय कलाकारहरु र नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार टिका बोम्जन र फुलकुमार बोम्जनको दमदार प्रस्तुतिले दिएका थिए ।

सोनाम ल्होछार कायर्क्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्नमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले सहयोग गर्ने विभिन्न संघ-संस्थाहरु, संघ-संस्थाका प्रतिनिधीहरु, विशिष्ट व्यक्तित्वहरु, बुद्धिजीवी, व्यापारी, पत्रकार, विध्यार्थी लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सोनाम ल्होछार मुल आयोजक कमिटीका अध्यक्ष विश्वास ब्लोनले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...