Advertisement
SKIP THIS

रारा ग्रुप्स डान्स पार्टीको सम्पूर्ण तयारी पुरा


कर्णाली प्रदेशका विकट जिल्लामा शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सहयोगार्थ दक्षिण कोरियामा आयोजना हुन लागेको रारा ग्रुप्स डान्स पार्टीको सम्पूर्ण तयारी पुरा भएकोछ। दक्षिण कोरियाको नयाँ वर्ष (सलनाल) को अवसर पारी सुर्खेत समाज दक्षिण कोरियाले फेब्रुअरी ३ तारिख, आइतबार साँझ ‘रारा ग्रुप्स डान्स पार्टी’को आयोजना गर्ने भएको छ।

“हामी स्वदेश हौं वा विदेश, प्राण भन्दा प्यारो हाम्रो कर्णाली प्रदेश” भन्ने मुल नाराका साथ आयोजना हुने कार्यक्रमबाट संकलित रकम कर्णालीका विकट जिल्लामा देखिएको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा सहयोग गरिने आयोजकले जनाएको छ । द. कोरियाको राजधानी सउलको दोङ्देमुन नजिक छाछा नाइट क्लब, लाइन नं. ६ सिन्दाङ् स्टेशन गेट नं. १२ नजिक (차차 나이트, 신당 역 ) मा डान्स पार्टीको आयोजना हुनेछ।

चर्चित DJ Bit, DJ SYN र DJ NESS का साथै अन्य कलाकारहरू उदिप श्रेष्ठ र लोकेन्द्र चन्दको प्रस्तुती रहने डान्स पार्टी साँझ ८ बजेदेखि भोलिपल्ट बिहानसम्म चल्नेछ। डान्स पार्टीका लागि १५,००० कोरियन वन प्रवेश शुल्क निर्धारण गरिएको छ। कर्णाली प्रदेशको विकट तथा पिछडिएका जिल्लाहरूमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले आयोजित “RARA GROUP’S DANCE PARTY” रात्री कार्यक्रम विशुद्ध मनोरञ्जनका साथै समाजसेवा गरी पुण्य कमाउने अवसर पनि भएकाले सम्पूर्ण कोरियाबासी नेपालीहरूमा गरिमामय उपस्थिति जनाई सभ्य तथा भब्य रूपमा सफल बनाईदिनको लागि समाजका बरिष्ठ उपाध्यक्ष भिम बहादुर थापाले अनुरोध गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...