Advertisement
SKIP THIS

न्यू भिजन ग्रुप कोरियाको अध्यक्षमा संजिव राई निर्वाचित


“न्यू भिजन ग्रुप”दक्षिण कोरियाको अध्यक्षमा संजिव कुमार राई चयन भएका छन । आईतबार गिम्हेको गिम्हे माईग्रेन्ट हाउसमा भएको पहिलो अधिवेशनमा राइ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । यसैगरी उपसंयोजकहरुमा लोकेन्द्र सुवेदी र आङ छिरिंग शेर्पा , सचिव जीवन शर्मा , सह–सचिव मोहन चन्द्र चालिसे , कोषाध्यक्ष रमेश श्रेष्ठ चयन भएका छन ।

कोरियामा रहेका नेपालीहरुलाई नया सदस्यता लिन सकिने भन्दै सह कोषाध्यक्ष सहित ३३ सदस्यीय कार्यसमिति रहने बताइएको छ । अधिवेशनको निर्वाचन मण्डलहरुमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष खेम कार्की , अन्तराष्ट्रिय समन्वय समाज दोलखाको अध्यक्ष दीपेन्द्र अघिकारि र न्यू भिजन ग्रुपका अनिश गुरुङ रहेका थिए । कार्यक्रममा यस अघि न्यू भिजन सांस्कृतिक कार्यक्रमका सहयोगीहरुलाई सम्मान समेत गरिएको छ । सांस्कृतिक कार्यक्रम गर्दा भएको नाफाबाट नेत्रहिन संघ नेपालमा सहयोग समेत गरिएको जानकारी सहित संस्थाको आय ब्यय प्रस्तुत गरिएको थियो । किम्हे माईग्रेन्ट हाउसका अध्यक्ष यज्ञराज सुवेदीको प्रमुख आथित्यमा भएको कार्यक्रममा यस क्षेत्रका सबै संघ संस्थाका पदाधिकारीको उपस्थिती रहेको थियो ।

निर्वाचित राइले मन्तब्य दिदै सन्जिब राईले सम्पुर्ण सघं -सस्थाहरु सँग आगामी कार्ययोजनाको बारे छलफल गर्दै सहकार्य गरेर अगाडी बढ्ने कुरा बताए । उनले सामाजिक कार्य सँग-सँगै सामुहिक लगानिको अबधारणा समेत राखेका थिए । ग्रुपका निवर्तमान संयोजक अनिश गुरुंङको सभापतित्वमा भएको कार्यक्रमलाई सचिब बिबिन्द्र राईले संचालन गरेका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...