Advertisement
SKIP THIS

सनातन साहित्य सङ्गीत साधना समूह पाँच- ‘स’काे अधिवेशन जनवरी २७ मा हुने 


सनातन साहित्य सङ्गीत साधना समूह पाँच- ‘स’काे तेस्राे अधिवेशन जनवरी २७ मा हुने भएकाे छ । सउलकाे नेपाल हाउसमा हुने कार्यक्रममा दक्षिण काेरियामा रहेका सबै नेपालीलाइ उपस्थित भैदिन अायाेजकले अाग्रह गरेकाे छ ।

दक्षिण काेरियामा नेपालीहरूको संख्यात्मक वृद्धिसँगै विभिन्न सामाजिक सेवाभाव र साझा उद्देश्यहरूका साथ आ-आफ्ना क्षेत्र, जाति, पेशा तथा राजनीतिक पार्टीगत रहेर धेरै संघसंस्थाहरू भए पनि विशुद्द आध्यात्मिक संस्थाकाे रूपमा आफ्नो छुट्टै परिचय बनाएको सबैको साझा संस्था हाे पाँच स । समूहको स्थापनाकालदेखि नै नेपालको सम्पूर्ण मौलिक संस्कार-संस्कृति, साहित्य, सङ्गीत, योग-साधना र सु-संगठित राष्ट्रिय एकता इत्यादिको संरक्षण, संवर्द्दन तथा पुस्तान्तरण हेतु पाँच-‘स’ को पृथक आवधारणा र विधानानुसार विभिन्न साँस्कृतिक तथा धार्मिक कार्यक्रमहरू सभ्य र भव्यताकासाथ आयोजना गरिँदै आइरहेको सर्व विदितै छ।

पाँच-‘स’ ले आफ्नो अवधारणा र विधान अनुरूप हरेक वर्ष अधिवेशन गर्दै नयाँ कार्यसमिति गठन गर्ने गर्दछ। यही नियममा बाँधिएर फेरि यस पटक पनि आफ्नो चौँथो कार्यसमिति गठन गर्नका निमित्त पाँच-‘स’, द. कोरियाले यही जनवरी २७ तारीख आइतबारका दिन सउलस्थित NRNA नेपाल हाउसमा आफ्नो तेश्रो अधिवेशन तथा वार्षिक साधारण सभा गर्ने भएको छ। “साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने प्रयास।” भन्ने नारालाई आत्मासात् गर्दै पाँच-‘स’ ले नेपालको सम्पूर्ण वर्ग, क्षेत्र, धर्म, लिङ्ग तथा विचारहरूलाई एकै साझा घरमा समेटिएर वैश्विक-सहिष्णु समाज निर्माण तथा राष्ट्रिय एकतामा विशेष भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ। तसर्थ हाल दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण कर्मनिष्ठ, धर्मनिष्ठ एवम् देशभक्त नेपालीमनहरूलाई पाँच-‘स’ को यस गौरवमय अधिवेशन कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य सल्लाह-सुझाव तथा प्रत्यक्ष-परोक्ष रूपमा सहयोग गरिदिनुहुन समेत अायाेजकले अाग्रह गरेकाे छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...