Advertisement
SKIP THIS

दक्षिण कोरियामा अर्को नेपालीको सुतेकै अबस्थामा मृत्यू


दक्षिण कोरियामा फेरी अर्को नेपालीको सुतेकै अबस्थामा मृत्यू छ । वइजम्बुको प्लास्टिक कम्पनीमा काम गर्दै आएका पाँचथर मिक्लाजुङ गाउपालिका सराङडाँडाका सनोज सोभित आङ्देम्बेको शनिबार राति सुतेकै ठाँउमा मृत्यु हो ।
उनी आफ्नो पहिलो कार्यकाल सकाएर फेरी दक्षिण कोरिया आएका थिए । ‘कमिटेटमा आउनु भएको रहेछ । फेरी आउनु भएको पनि एक बर्ष हुनै लागेको रहेछ ।’ किराँत याक्थुङ चुम्लुङका अध्यक्ष सुन्दरदीप आङदेम्बेले भने । ‘स्वस्थ पनि खासै समस्या थिएन रे । सबै राम्रै थियो भन्छन् ।’ उनले थपे ।
मृतक काम गर्ने कम्पनीमा पाँच जना नेपाली छन् । उनीसँगै काम गर्ने विनम कुमार लिम्बुले हिजो बेलुकीको खानासँगै खाएको बिताए । ‘हामीले हिजो बेलुकी खाना सँगै बसेर खाएका थियौ । रातको १० बजे तिर छुट्टिएका हौ । त्यस पछि आआफ्नो कोठामा गएर सुत्यौ । आज देखि कोरियन भाषा पढ्न जानु थियो । त्यसैले मैले बिहान साढे ११ बजे तिर ढोका ढकढकाउँदा नखुले पछि कोठा फुटाएर हेर्दा घटनाको बारेमा थाहा भयो । त्यस पछि पुलिस आएर सबै कुरा हेरेर लासलाई पोष्टमार्टमका लागि लिएर गयो ।’ उनले भने ।
घटनाको खबर सुनेर कम्पनीमा पुगेका नेपाल आदिबासी जनजाति महासंघका उपाध्यक्ष गजेन्द्र शेर्माले कम्पनीमा बस्ने खाने सुबिधा राम्रै भएको बताए । ‘सिंगल सिंगल कोठा दिएको रहेछ । कोठाहरु पनि राम्रै छन् । यस्तो घटना भयो । खास के कारणले मृत्यू भएको भन्ने पोष्टमार्टम पछि मात्रै थाहा हुन्छ ।’ नेपाली दुताबासमा जानकारी गराएको पनि बताए । ‘दुताबासबाट भोली आउनु हुन्छ । त्यसपछि अरु प्रक्रिया अघि बढ्छ ।’ उनले भने ।
आइतबारै तेह्रथुम म्याङलुङ नगरपालिका १० निवासी योगेन पयाङ्गु लिम्बूको सम्झनामा दोङ्देमुन नेपाल हाउसमा श्रद्धाञ्जली सभासम्पन्न भएको छ । करिब ३० महिना अघि कोरिया आएका लिम्बूको गत डिसेम्बर २७ तारिखमा हृदयघातका कारण मृत्यु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...