Advertisement
SKIP THIS

सुवनमा यो बर्षको पहिलो डान्स पार्टी हुदै, डिजे रेशम र रक गायिका परस्वती लामाले सुवन तताउने


दक्षिण कोरियाको लामो बिदा हुने सलनाल बिदामा के के गर्ने बिचार गर्नु भएको छ ? घुमफिर, साथीभाइ भेटघाट र रमाइलो । यो बिदामा भरपुर्ण मनोरंजन गराउन सुवन स्टार गु्रपले दुई दिन डान्स पार्टी गर्ने भएको छ । नेपालीहरु धेरै बस्ने सुवन शहरमा उक्त डान्स पार्टी आयोजना गर्ने भएको हो । डान्स पार्टी ३ र ४ फेब्रुअरीमा हुनेछ ।
सुवनमा आनसान, ह्वासाङ, फारन, फेन्तेक, छनान, योङिन, ख्वाङजु, सादाङ, खाङनाम, वइजम्बु जस्तो ठाउँ देखि सिधै सवारी पाइने भएकोले पनि सुवनमा रमाइलो गर्न आउने नेपालीहरु धेरै हुन्छन् । दुई दिनसम्म हुने रमाइलो डान्स पार्टीमा आउन आयोजकले सबै कोरियामा रहेका नेपालीलाई आग्रह गरेको छ ।
गत साल छुसकमा केन्जलमेहर श्रेष्ठले प्रस्तुति दिएको हलमा डान्स पार्टी हुनेछ । बेलुकी ९ बजेबाट सुरु हुने पार्टीको प्रवेश शुल्क १५ हजार वन तोकिएको छ ।
कोरियन नयाँ बर्षको चिसो मौसमलाई च्यालेन्ज गर्दै अन्तराष्ट्रिय डिजेहरुको साथमा मनोरञ्जन लिन सकिने आयोजकले जनाएको छ । डान्स पार्टीमा गायिक एवम् रकस्टार परस्वती लामाको विशेष प्रस्तुति रहनेछ र साथमा डिजे रेशमले डान्स पार्टीको माहौल तताउने छन् । कोरियाका नेपालीलाई नचाउन डिजे रेशम जापानबाट डान्स पार्टीको लागि कोरिया आउनेछन् । उनले यस अघि पनि कोरियामा भएका बिभिन्न डान्स पार्टीमा नेपाली युवाहरुलाई नचाइ सकेका छन् । परस्वती लामाले देश विदेशमा आफनो प्रस्तुति मार्फत नेपाली युवाको मन जित्न सफल भएकि छिन् । त्यसैले यो पटक झन रमाइलो हुने आयोजकको विस्वास छ ।
दक्षिण कोरियामा अहिले भैरहेको भन्दा राम्रो डान्स पार्टीहरु हुने आयोजकले दाबि गरेको छ । पार्टीसंगै नेपाली परिकारको स्वाद पनि चाख्न सकिने ग्रुपको भनाई छ । हामी अन्तराष्ट्रियस्तरका डिजेहरुका साथमा आउँदैछौ । त्यसैले लामो समय कम्पनीको कामले थाकेको ज्यानलाई स्फूर्त बनाउन डान्स पार्टीमा आउन सुवन स्टार गु्रपले आग्रह गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...