Advertisement
SKIP THIS

उदयपुर म्युजिकल कन्सर्टको पोस्टर सार्बजनिक


उदयपुर सेवा समाज दक्षिण कोरियाले सलनालमा गर्न लागेको उदयपुर म्युजिकल सन्सर्टको पोस्टर सार्बजनिक गरेको छ । सउलमा आइतबार भएको कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
‘हामीले जिल्लाकाे स्वास्थ्य सेवालाई सहयोग गर्नका लागि यो कन्सर्ट गर्न लागेका हौ । जति सक्छौ हामी हाम्रो लक्ष्य अनुसारका सहयोग गर्नेछौ । कलाकारलाई पनि हामीले मिलाएर ल्याउने भएका छौ । त्यसैले दक्षिण कोरियामा सलनालको फेबु्रअरी ४ मा हुने कन्सर्ट धेरैको आकर्षण हुन्छ भन्ने हामीलाई लागेको छ ।’ समाजका अध्यक्ष एमके राईले भने ।
उदयपुर सेवा समाजले कन्सर्टबाट उठेको रकम जिल्लाको बिकट क्षेत्रका बासिन्दाको स्वस्थ्य उपचारको लागि खर्च गर्न योजना बनाएको छ । कार्यक्रमका लागि नेपालबाट शिब परियार, मिलन नेवार, श्रेया राई, निशान भट्टराई, सन्ध्या बुढा, सिता राई, बिनिता राई, जेपी नेम्बाङ र सोनम शेर्पा आउने भएका छन् ।
‘हामीले दक्षिण कोरियामा रहेका नेपालीको रोजाईको कलाकार छनौट गरेका छौ । त्यसैले पनि यो सलनाल बिषेश हुनेछ भन्ने हामीले ठानेका छौ ।’ कार्यक्रम संयोजक महेन्द्र राईले भने । ‘कार्यक्रमको सम्पूर्ण खर्च कटाएर बाँकी भएको आम्दानी सबैसँगको सरसल्लाहमा जिल्लाको दुर्गम क्षेत्रलाई सहयोग गर्छौ । त्यसैले यो मनोरञ्जनका साथमा सामाज सेवा हो । त्यसैले दक्षिण कोरियामा रहेका सबै नेपालीलाई हाम्रो कार्यक्रममा आइदिन आग्रह गर्छौ ।’ उनले थपे ।
‘म्युजिकल कन्सर्ट सधै नेपालीहरुको सांगीतिक कार्यक्रम भैरहने छुङ्नाे ओगाको हलमा हुनेछ । सउलमा आउने साथीहरुका लागि सजिलै कार्यक्रम स्थल पुग्न सकिने ठाउँमा छ । त्यसैले सबैकाे लागी ठीक हुन्छ भन्ने हामीले ठानेका छौ ।’ उदयपुर सेवा समाजका सचिब तथा कलाकार संयोजक बिभिन्द्र राईले भने । ‘हामी यस पटकको सलनाल उदयपुरसँग रमाइलो गर्न आग्रह गर्छो’ उनले थपे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...