Advertisement
SKIP THIS

आदिवासी जनजाति महासंघ ख्वांजु शाखाले जनवरी १२ मा वृहत सांस्कृतिक कार्यक्रम गर्ने


नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया ख्वांजु शाखाले जनवरी १२ मा वृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
विगत वर्षहरू जस्तै यस पटक पनि महासंघ ख्वांजूले आदिबासी जनजातिको चाडलाई संयुक्त रुपमा एकै पटक मनाउने लागेकाे हाे ।
मौलिक भाषा लिपी र संस्कार हाम्रो पहिचान, ऐतिहासिक सास्कृति र परम्पराको विकास र संरक्षण हाम्रो अभियान भन्ने मुल नाराको साथ नेपालको राष्ट्रिय मौलिक चाडहरु तमु ल्होछार, सानाम ल्होछार र ग्याल्बो ल्होछार त्यस्तै माघी तथा उधौली चाडलाई एकै ठाउँमा मनाउन लागिएकाे हाे । अघिल्ला बर्षमा पनि यसै गरी एकै पटक कार्यक्रम गरिन्थ्याे ।
कार्यक्रममा शुभकामना आदानप्रदान तथा सांस्कृतिक साझ हुनेछ । उक्त कार्यक्रमको दिन लामा गुरुहरुले प्रवचन तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ । साथै नन् स्टप डिजेको मनोरञ्जनका साथमा मौलिक संस्कृतिक परिकारहरुको आनन्द पनि लिन सकिनेछ ।
कार्यक्रम ख्वांजुकाे ५७ पार्टी टाउन ख्वांजु (57파티타운,광주) मा बेलुकी ७ वजेबाट विहानकाे ५ बजेसम्म हुनेछ ।
कोरियामा रहेर बिभिन्न पेसा ब्यबसाय गर्नु हुने आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा कार्यक्रम सभ्य र भब्यरुपमा सफल बनाउनको लागि उपस्थितिको लागि अायाेजकले अनुरोध गरेकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘साँस्कृतिक क्रान्तिपनि हरेक परिवर्तनको संवाहक हुनसक्छ।’ – शुभराज भोम्जन
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...