Advertisement
SKIP THIS

मुन्धुमी संगीत कोरिया मा पनि प्रस्तुत हुने


याक्थुङ समुदायको महान पर्व चासोक तङनामको अवशरमा किराँत याक्थुङ चुम्लुङ्ग बुसान शाखा द्वारा आयोजना गरिएको कार्यक्रम मा मुन्धुमी संगीत प्रस्तुत हुने भएको छ। विश्व आदिवासी मञ्च र SOUNDS OF THE WORLD THEATER LONDON मा आफ्नो मुन्धुमी सांगीतिक प्रस्तुति दिइसकेकी ,नेपाली सुगम संगीत एवं शास्त्रीय संगीतमा आफ्नो अलग स्थान बनाउन सफल सुप्रसिद्ध गायिका झुमा लिम्बू आफ्नो सांगीतिक कोसेली लिएर उक्त कार्यक्रममा सहभागी हुन कोरिया आउने भएकी छन।

ऊनी झन्डै दुई दसक देखि निरन्तर संगीत साधनारत छिन । खुइया मारी आयौ साइला … बोलको गित बाट नेपाली सुगम संगीतमा प्रवेश गरेकी उनले नेपाली रैथाने संगीत लाइ विश्व आदिवासी मञ्च सम्म पुर्‍याउन सफल भएकी छन। उनलेे सन 2015 मा “खासाम”( CIVILIZATION) र सन 2018 मा मुन्धुम र नाद (SOUNDS OF MUNDHUM ) उक्त मञ्च प्रस्तुत गरिसकेकी छन।

SOUNDS OF MUNDHUM (मुन्धम र नाद ) के हो?
प्राज्ञ बैरागी काइलाका अनुसार अनादि कालदेखि मुखमुखै प्रवाहित भई आएको लिम्बूजातिको विविध मुन्धुमहरूमा विषयवस्तु अनुकूल गायन–वाचन गर्ने आफ्नै परिपाटी, पद्धतिका साथै भाषा, शैली, छन्द र लय हुन्छन् । उठान गर्दादेखि अन्त गर्दासम्म आ–आफ्नै विशिष्ट शैली, विधि र भाषा–संरचनाको प्रयोग गरिन्छ । लिम्बू जातिको मुन्धुम भनेको गायन वाचनसँगै पूजा–अनुष्ठान पनि हो । हो, मानवजीवन विपदाले सदा घेरिएको हुन्छ । विपदाबाट, कालको मुखबाट पनि उम्कनका लागि लिम्बू दैनिक जीवनमा पूजा अनुष्ठान भइरहन्छ । तिनका आफ्नै तरिका, विधि विधान वा व्याकरण हुन्छन् । जातीय पुरोहित फेदाङ्माहरू पनि भिन्न भिन्न हुन सक्छन् ।

अवसर विशेषले मुन्धुम गायन–वाचनका आफ्नै भाषा, लय र छन्द हुन्छन् । कुनै छोटाछोटा भाकाका, कुनै लामो लेग्रो तान्नुपर्ने हुन सक्छन् । तिनले प्रयोग गर्ने तानाबाना अथवा सांगीतिक सामग्री र आनुष्ठानिक सामग्री पनि भिन्न हुन्छन् । बेलाबेलामा समय पनि भिन्न हुनसक्छ । थान पनि भिन्न हुन सक्छ । तथापि मुन्धुम–संगीतको नादभित्र मन्त्र र गायन–वाचनमा लिम्बू जनजीवनलाई उसकै परम्परागत सांस्कृतिक लय र गतिमा अनि उसकै रूप र सौन्दर्यमा प्रस्तुत गर्ने जमर्को गरिएको हुन्छ । मुन्धुमको संगीत–संस्कृतिको विशेषता हुन् यी ।

यिनीहरूलाई बिम्बका रूपमा वहन नगर्ने लिम्बू संगीत रैथाने लिम्बू संगीत हुन सक्दैन । भाव–सम्प्रेषणका लागि शब्द (भाषा) हरू अपर्याप्त हुन्छन्, त्यसैले शब्द (आवाज, नाद) को सहयोग कविता लेखनमा पनि लिइन्छ । झन् संगीत त सुरमा बाँचेकाले शब्द (आवाज, नाद) माथि बढी नै निर्भर हुन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...