Advertisement
SKIP THIS

ख्यङ्साङ्नाम्दो किम्हेमा तमू ल्होछार २०७५ भव्य रुपले सम्पन्न


आइतबार तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो शाखाद्वारा ख्यङ्साङ्नाम्दो किम्हेमा तमु(गुरुङ) हरुको नयाँ वर्ष फो ल्होसारर ल्होछार २०७५ विभिन्न साँस्कृतिक कार्यक्रम र स्योंकैं (दिवा भोज) आयोजना गरि मनाएको छ ।
“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“ भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै ल्होसार मनाएको हो । कार्यक्रममा कोरियाको दक्षिणी भेगका नेपालीको बाक्लो सहभागिता थियो ।
विश्वव्यापी रुपमा तमू जातिको मौलिक पराम्परा,रितिरिवाज, भाषा, भेषभूषा, धर्म, संस्कार र संस्कृतिलाई जगेर्ना र संबर्द्वन गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको संस्थाको अध्यक्ष अनिश गुरुङले बताए । ‘तमु लगाएत नेपालका धेरै आदिबासी जनजातिले ल्हो चक्र अर्थात १२ वटा ल्हो परिक्रमा गरेर बर्षलाई गन्ने गर्छन् । यो बर्ष खि ल्हो (कुकुर वर्ग) को सकिएर फो ल्हो (मृर्ग वर्ग) लाग्दैछ । तमू जातिमा पनि ल्हो चक्रको विशेष महत्व छ । यसै ल्हो चक्र संगै तमूहरुको नयाँ वर्ष र महान चाड जोडिएको छ ।’ उनले भने । दक्षिण कोरियामा रहेका गुरुङ समुदायले सउलमा जनवरी ६ र थेगूमा डिसेम्बर ३० मा ल्होछार कार्यक्रम गर्दैछ ।
नेपाली राजदुताबास सउल दक्षिण कोरियाका श्रमसहचारी डिल्लीराम बास्तोला प्रमुख अतिथ्यता सम्पन्न कार्यक्रममा तमू धीं दक्षिण कोरिया केन्द्रका अध्यक्ष जीत गुरुङ, केन्द्रिय निवर्तमान सल्लाहकार तथा एनआरएनए कोरियाका बरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ, केन्द्रिय सल्लाहकार प्रितम गुरुङ र केन्द्रिय बरिष्ठ उपाध्यक्ष एक गुरुङको बिशेष अतिथी रहेका थिए । तमू धीं दक्षिण कोरिया थेगू शाखाका अध्यक्ष हर्क गुरुङ ख्यङ्साङ्नाम्दो बुसान किम्हे क्षेत्रका विभिन्न क्षेत्रीय तथा जातिय संघसंस्था र शाखा संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधि ज्युहरुको अतिथ्यता रहेको थियो ।
विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिसंगै शुरु भएको कार्यक्रममा दक्षिण कोरियामै रहेका कलाकारहरुद्वारा तमू( गुरुङ) हरुको मौलिक सँस्कृति झल्किने कौडा लगायतका विभिन्न नृत्य एवं गायन प्रस्तुत गरेका थिए । थेगू शाखाका कलाकारहरुद्वारा प्रस्तुत नृत्य प्रस्तुतिले उपस्थित सबैको मन लोभ्याएको थियो । विविध साँस्कृतिक कार्यक्रम संगै स्वादिष्ट गुरुङ खानाले धेरैको मन जितेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ओन्याङ ओन्छनमा तेश्रो ‘छुङ्नाम सिनियर जुनियर पूल प्रतियोगिता’ आयोजना हुने
  • पहिलो सांगितिक कार्यक्रमका लागि कुमा सागर एण्ड द ख्वप: व्याण्ड कोरिया अवतरण
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...