Advertisement
SKIP THIS

दक्षिण कोरियामा अर्को नेपालीको सुतेकै ठाउँमा मृत्यू


दक्षिण कोरियामा गत बुधबार चितवनका धनसिं तामाङको मृत्यू भएको एक हप्ता नहुदै काभ्रे बुडाखानी घर भएका सुजन थापाको शनिवार विहान मृत्यू भएको छ । चार बर्ष पहिले इपिएस मार्फत कोरिया आएका थापाको कम्पनीको बस्ने ठाउँमा सुतेकै अबस्थामा ज्यान गएको हो ।
बिहान कम्पनी जाने बेलासम्म नउठेपछि के भएको हो भनि हेर्न जादा सुतेकै अवस्थामा मृत फेला परेको उनका सहकर्मीको भनाई छ ।
प्रहरीले पोस्टमार्टम र नेपाल लैजाने प्रक्रिया सोमबार मात्रै हुने जानकारी गराएको काभ्रे सम्पर्क समितिका अध्यक्ष सिताराम तिमल्सिनाले बताए । ‘आज पुलिस आएर घटना स्थलको चेकजाँच गरेर लास लिएर गएछ । नेपाली राजदुताबासमा पनि खबर गरेको छ । बाँकी प्रक्रिया सोमबार मात्रै हुने भएको छ ।’ उनले भने । ‘हामी बिहान घटनास्थल पुगेका थियौ । कम्पनीको साथीसँग कुरा गर्दा बिहान तीन चार बजे तिर ट्वाइलेट गएको भन्ने बुझ्यौ । त्यस पछि तीन घन्टा पछि उठाउँदा मान्छे जिउँदो थिएन । यो ज्यादै दुखद घटना हो । बस्ने ठाउँ पनि त्यति राम्रो रहेनछ । कन्टेनरमा हावा आउने जाने ठाउँ नै नराखी बन्द गरेको रहेछ । के कारणले यस्तो भयो । पोष्टमार्टमको रिपोर्ट पछि नै थाहा होला ।’ उनले थपे ।
मृतकको श्रीमती र एक छाेरी छन भने एउटा भाइ तीन महिना अघि मात्र कोरियामा आएका छन् । दक्षिण कोरियामा एक सातामा नहुदै थापा सहित तीन जना नेपालीको मृत्यु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...