Advertisement
SKIP THIS

चासोक तङ्नाम मनाउन वरिष्ठ गायीका झुमा लिम्बू र दिपा सुहाङ कोरिया आउने


नेपालको राष्ट्रिय पर्व अर्थात लिम्बूहरुको मौलिक पर्व चासोक तङ्नाम (उधौली पर्व) मनाउन वरिष्ठ गायीका झुमा लिम्बू र दिपा सुहाङ कोरिया आउने भएका छन् । किराँत याक्थुङ चुम्लुङ्ग बुसान शाखाले डिसेम्बर २३ मा आयोजना गरेकाे कार्यक्रममा सहभागी हुन काेरिया अाउने भएका हुन् । कार्यक्रममा गीतसंगीतसँगै नेपाली कला संस्कृति झल्किने विभिन्न सामुदायका मौलिक नाचहरु प्रस्तुत गरिने अायाेजकले जनाएका छन् ।
# को हुन झुमा लिम्बू?
नेपाली शास्त्रीय संगीत र सुगम संगीत मा आफ्नो अलग स्थान बनाउन सफल वरिष्ठ गायिका झुमा लिम्बू पछिल्लो समय संगीतको फरक आयामबाट उदाइरहेकी छिन। पछिल्लो समय उनको मुन्धुमी विधाको संगीत “खासाम” र SOUNDS OF MUNDHUM अन्तर्राष्ट्रिय मञ्चमा गुन्जिसकेका छन् । नेपाली सुगम संगीतबाट सांगीतिक यात्रा थालनी गरे पनि पछिल्लो समय मुन्धुमी संगीत र नेपाली रैथाने संगीतको मौलिकता खोज अनुसन्धान गर्न धेरै समय खर्च गरिसकेकि छिन ।
SOUNDS OF MUNDHUM अनादि कालदेखि मुखमुखै प्रवाहित भई आएको लिम्बूजातिको विविध मुन्धुमहरूमा विषयवस्तु अनुकूल गायन–वाचन गर्ने आफ्नै परिपाटी, पद्धतिका साथै भाषा, शैली, छन्द र लय हुन्छन् । उठान गर्दादेखि अन्त गर्दासम्म आ–आफ्नै विशिष्ट शैली, विधि र भाषा–संरचनाको प्रयोग गरिन्छ । लिम्बू जातिको मुन्धुम भनेको गायन वाचनसँगै पूजा–अनुष्ठान पनि हो । मानवजीवन विपदाले सदा घेरिएको हुन्छ । विपदाबाट, कालको मुखबाट पनि उम्कनका लागि लिम्बू दैनिक जीवनमा पूजा अनुष्ठान भइरहन्छ । तिनका आफ्नै तरिका, विधि विधान वा व्याकरण हुन्छन् । जातीय पुरोहित फेदाङ्माहरू पनि भिन्न भिन्न हुन सक्छन् । अवसर विशेषले मुन्धुम गायन–वाचनका आफ्नै भाषा, लय र छन्द हुन्छन् । कुनै छोटाछोटा भाकाका, कुनै लामो लेग्रो तान्नुपर्ने हुन सक्छन् । तिनले प्रयोग गर्ने तानाबाना अथवा सांगीतिक सामग्री र आनुष्ठानिक सामग्री पनि भिन्न हुन्छन् । बेलाबेलामा समय पनि भिन्न हुनसक्छ । थान पनि भिन्न हुन सक्छ । तथापि मुन्धुम–संगीतको नादभित्र मन्त्र र गायन–वाचनमा लिम्बू जनजीवनलाई उसकै परम्परागत सांस्कृतिक लय र गतिमा अनि उसकै रूप र सौन्दर्यमा प्रस्तुत गर्ने जमर्को गरिएको हुन्छ । मुन्धुमको संगीत–संस्कृतिको विशेषता हुन् यी । यिनीहरूलाई बिम्बका रूपमा वहन नगर्ने लिम्बू संगीत रैथाने लिम्बू संगीत हुन सक्दैन । भाव–सम्प्रेषणका लागि शब्द (भाषा) हरू अपर्याप्त हुन्छन्, त्यसैले शब्द (आवाज, नाद) को सहयोग कविता लेखनमा पनि लिइन्छ । झन् संगीत त सुरमा बाँचेकाले शब्द (आवाज, नाद) माथि बढी नै निर्भर हुन्छ भनेर नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपती एवं प्राज्ञ बैरागी काँईलाले मुन्धुम र नाद अर्थात SOUNDS OF MUNDHUM को ब्याख्या गरेका छन् ।
# चासोक तङ्नाम को महत्त्व
चासोक तङनाम ( उधौली पर्व) लिम्बूहरुले परापुर्व काल देखि नै मान्दै आएको मौलिक पर्व हो! बिशेष गरि लिम्बू सामुदाय को जीवन् दर्शन र जीवन प्रणाली प्रकृति संग अत्यन्तै घनिष्ठ रहेकोले नयाँ अन्न बाली भित्राए पछि अन्न बालि फलाउन र मानव जाती को जीवन् रक्षा गर्न प्रकृतिको अमुल्य देन छ भनि प्रकृति प्रती कृतज्ञता व्यक्त गर्न यो पर्व मान्ने गरेका छन । अनादिकाल मा मेन्छ्याम याप्मी (मानव जाति) को अस्तित्व संकटमा पर्दा सावायेहाङ हरु ले तागेरानिङ्वाफु माङ मार्फत प्रकृतिको पुजा गरे र पोरोक्मी यम्भामी (सृष्टि कर्ता ) ले बीउ बिजन दिए उक्त बीउ सावायेहाङ हरु को चेली सिवेरा वबुङ्गेक्मा ले जंगल फाँडेर छरेर फलाएर माइती हरु लाई खुवाइ मानव जातिको अस्तित्व जोगाएको जनविश्वास लिम्बू सामुदायमा छ।।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...