Advertisement
SKIP THIS

किराँत याक्थुङ चुम्लुङले चासोक तङ्नाम डिसेम्बर १६ मा मनाउने


किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले लिम्बूहरुको मौलिक पर्व चासोक तङ्नाम साँस्कृतिक कार्यक्रम सहित डिसेम्बर १६ तारिख आइतबार सउलको साङबोक खुछङमा गर्ने भएको छ । नयाँ बाली भित्राउँदा प्रकृतिलाई पुजा गर्दै मनाइने यो चाड लिम्बुहरुको मुख्य चाड हो ।
‘लिम्बु भाषामा चा भन्नले अन्न बाली र सोक चढाउनु वा खानु भन्ने हुन्छ । तङ्नाम भन्नाले पर्व वा उत्सव भन्ने बुझाउँछ । त्यसैले यो चाड अन्नबाली भित्राउँदा मनाइने चाड हो ।’ किराँत याक्थुङ चुम्लुङका बरिष्ठ उपाध्यक्ष मिरक लिम्बुले भने । ‘हामी बिदेशमा भए पनि हाम्रो कला संस्कृति बुझाउने प्रयास स्वरुप चाड मनाउँदै आएका छौ । दक्षिण कोरियामा रहेका सबै साथीभाइहरुलाई उपस्थित हुन आग्रह गर्र्छो ।’ उनले थपे ।
याक्थुङ मुन्धुमी मिथक अनुसार आदिम कालमा याक्थुङ सावायेत्हाङ (आदिम मानव) हरुले आफ्नो जीवन धान्नका लागि कन्दमूल काँचै खाएर जीवन यापन गर्ने गर्दथे । काँचै खानाले विभिन्न रोगका सिकार हुन्थे । त्यसबाट मुक्ति पाउन सावायेत्हाङहरूले सर्वशक्तिमान तागेरा निङ्वा फू माङ मार्फत प्राकृतिको पुजा गरे । यसबाट प्रकृति खुसी भएर कोदो, जुनेलो, धान, घैँया आदि वीउबिजन सावायेत्हाङहरूलाई प्राप्त भयो । यसरी प्राप्त भएको वीउविजनलाई तिनै सावायेत्हाङहरूको एकमात्र चेली सिवेरा याबुङकेक्माले काठको खन्ती (खन्ने औजार) बनाई जङ्गल फाँडेर छरि फुलाउन फलाउन सुरू गरे । फलेको अन्न चाक्कालुङ (एक प्रकारको सेतो कडा ढुङ्गा) बाट आगो पारेर पकाएर आफ्ना माईतीहरूलाई खान दिए । यसबाट सावायेत्हाङहरू कुपोषण र रोगव्यादिबाट मुक्त भए । यसरी आफ्नो चेलीको बौद्धिक क्षमताबाट खुसी भई प्रकृति पछिको अर्को देवता चेलीलाई मानी हरेक बर्ष बाली पाकेपछि प्रकृति र चेलीलाई चढाएर मात्र आफुले खाने बाचा सावायेत्हाङहरुले गरेको जनविश्वास याक्थुङ सामुदायमा छ । त्यहि परम्परा अनुसार आजसम्म पनि लिम्बूहरुले नयाँ अन्न बाली भित्राउदा आफ्नो चेलीलाई अन्नको पेवा दिने चलन छ ।
‘कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त कलाकारहरु तिर्साना नेम्बाङ, एकदेब लिम्बु, गंगा फियाक र इन्द्र सुशिल लिम्बु कोरिया आउने भएको छन् । नेपालबाट पनि कलाकार आउनु हुन्छ । हामी यहीका साथीभाइले पनि लिम्बु कलासंस्कृति झल्काउने प्रस्तुती दिनेछाै ।’ आयोजक संस्था किराँत याक्थुङ चुम्लुङका महासचिव प्रवेश फियाक लिम्बुले भने । कार्यक्रममा लिम्बुको मौलिक नाच केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) येबा लाङ ( विजुवा नाच) र गीतमा पालाम, ख्याली, हाक्पारे प्रस्तुत गरिने उनले जानकारी दिएका छन् । कार्यक्रममा लिम्बुको खाना परिकार पनि हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...