Advertisement
SKIP THIS

कोरियाका बिभिन्न शहरहरुमा नेपाली चलचित्र “चङ्गा चेट” प्रदर्शन हुदै


गुल्मी सम्पर्क समिति काेरियाले काेरियाका बिभिन्न शहरमा नेपाली सुपरहित चलचित्र चङ्गा चेट प्रदर्शन गर्ने तयारी गरेकाे कुरा समितिका अध्यक्ष चन्द्र रानाले बताएका छन्।

यहि डिसेम्बर १६ तारिख किम्पो क्यान नेपाली समाजले किम्पो क्षेत्रमा प्रदर्शन गर्न लागेको छ भने उक्त दिनमै ख्वान्जु नेपाली समुदायले पनि प्रदर्शन गर्ने बताएको छ ।चलचित्रको ग्रान्ड सो यहि डिसेम्बर २३ तारिख राजधानी सियोलमा हुने भएकाेछ। डिसेम्बर ३० मा छल्लाबोक्दो नेपाली समाजले छल्लाबोक्दोमा प्रदर्शन गर्ने बताइएको छ । त्यसैगरी जनवरी १३ तारिख थेगु नेपाली शेल्टरले थेगुमा समेत प्रदर्शन गर्ने भएको छ। साथै बुसान तथा किमे क्षेत्रमा समेत प्रदर्शनको तयारीमा रहेको आयोजकाले जनाएको छ ।

“गोजीमा दाम छैन मेरो, गोजीमा दाम छैन,
गोजीमा सुक्को नहुने मान्छे क्यै पनि काम छैन”
अहिले नेपाली कथानक चलचित्र चङ्गा चेटको सुपरहिट गित हो यो । राजनराज शिवाकोटी, मेलिना राई र गृष्मा शिवाकोटीको आवाजमा रहेको यो गीत युट्युवमा मात्र २१M+Views देख्न सकिन्छ। यस चलचित्रमा यो गीत सहित अन्य गीतहरु ढल्की-ढल्की नाँचन जस्ता गीहरुलाई पनि सुन्न सकिन्छ।

डिसेम्वर २३ ,२०१८ मा यो चलचित्र प्रदर्शन गर्न लागेको हो। निर्देशक दीपेन्द्र के. खनालको निर्देशन तथा माधव वाग्ले र शर्मिला पान्डेको निर्माणमा वनेको यो चलचित्रमा सदाबहार नायिका प्रियंका कार्की, अहिलेका चर्चित नायक आयुस्मान देसराज, हास्यव्यङग्य कलाकार सन्दीप क्षेत्री लगायत अन्य कलाकारहरुको वेजोड अभिनय हेर्न सकिन्छ।

यो फिल्म कमेडी मिश्रीत फन्नी टाइपको तर सन्देशमुलक फिल्म हो। यसमा व्यङ्गात्मक तरिकाले नेपालको राजनितिक, आर्थिक,सामाजिक तथा हरेक कामहरु शिष्टममा नभएको कारण जनताले पाइरहेको दुःख बारे देखाउन खोजिएको छ। नेपालमा नेपाली दर्शकले यसलाई “मसला” फिल्मको रुपमा उपमा दिई औधी रुचाएका छन् ।

उक्त चलचित्रको सम्पुर्ण साे हरूमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...