Advertisement
SKIP THIS

कोरियाका आदिवासी जनजाति संघसंस्थाले सम्झिए पद्मरत्न तुलाधरलाई


दक्षिण कोरियामा रहेका जातिय संघसंस्था र नेपाल आदिवासी जनजाति महासंघले गत हप्ता निधन भएका आदिवासी जनजाति नेता पद्मरत्न तुलाधरको सम्झनामा श्रद्धाञ्जली सभा गरेका छन् । सउलको नेपाल हाउसमा आइतबार भएको श्रद्धाञ्जली सभामा विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेपाल तामाङ संघ दक्षिण कोरियाका सल्लाहकार दावा तामाङले तुलाधरले आफ्नो जीवन भरि नै पहिचान आन्दोलनको लागि विभिन्न चरणमा काम गरेको बताए । ‘उनले आफ्नो तर्फबाट गर्न सक्ने धेरै गरे । हाम्रो अहिलेको पहिचानको आन्दोलनमा उनको भुमिका महत्वपुर्ण छ ।’ त्यस्तै नेवा पुचःका अध्यक्ष पुरू जोशीले नेपालमा हुँदा तुलाधार आफ्नो क्षेत्रबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभाका सदस्य भएको सम्झना गरे । ‘उहाँले हाम्रो विद्यालयमा आएर पुरस्कार दिनु भएको थियो । म सानै थिएँ । मसँग त्यो फोटो अझै सुरक्षित छ ।’ उनले भने ।
नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाको कार्यवाहक अध्यक्ष मल्लिका थकालीले आदिवासी जानजातिको पहिचानमा तुलाधरले अमुल्य योगदान दिएको बताइन् । ‘हामी अहिले आफ्नो पहिचानको कुरा जुन तहमा राख्न सक्ने भएका छौ । यो उहाँको अमुल्य योगदानको प्रतिफल हो ।’
कार्यक्रममा गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी गुरुङले मान्छे जहाँ पुगे पनि आफ्नो संस्कार संस्कृतिलाई भुल्न नसक्ने बताइन् । ‘हामी विदेशमा पनि हाम्रो समुदायका मानिसलाई हाम्रो कुरा गर्न सक्छौ । यो वातावरण बनाउन तुलाधरले खेल्नुभएको योगदान अमुल्य छ ।’
श्रद्धान्जली सभा कार्यक्रममा किरातं याक्थुङ चुम्लुङका वरिष्ठ उपाध्यक्ष मिरक लिम्बु, थारु कल्याण कारिणी सभाका अध्यक्ष शिब चाैधरी, नेपाल आदिवासी जनजाति महासंघ दक्षिण काेरियाका सचिव युगेल शेर्पा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दक्षिण काेरिया शाखाका अध्यक्ष गाेकुल थाेकरले सम्बोधन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...