Advertisement
SKIP THIS

थेगु नेपाली सेल्टरकाे अधिबेशनमा सहभागी भैदिनु हुन संयाेजक सुरेश खत्रीकाे अनुराेध।


सम्पुर्ण आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरू

यस प्रबासी भुमि कोरियालाई आफ्नो कर्मथलो बनाइ यहाँ कार्य गरिरहने हामी नेपालीहरु चालीस हजार भन्दा बढीकाे सख्यामा पुगिसकेको  सबैलाइ अबगत नै छ । कोरिया बसाईको क्रममा हामी नेपालीहरुले भोग्नुपरेको विभिन्न समस्याहरु मध्ये एक हो कम्पनी परिवर्तन वा अन्य कारणले आफ्नो बसोबास स्थान छोडेर  अन्यत्र  जानुपर्ने  अबस्था। यस्ताे समस्यालाई मध्ये नजर गर्दै केहि बर्ष अगाडि कोरियाको थेगु सहरमा पनि एउटा सेल्टरको आवश्यकता महशुस गरियो । सोही अनुरुप तपाई हाम्रै पहलमा सबैको साथ सहयोगले यहाँ पनि एउटा सेल्टर स्थापना गरियो ।यसको स्थापनार्थ शुरुवात कालदेखिनै आफ्नो नैतिक भौतिक आर्थिक सहयोग गरिदिनुहुने सम्पूर्ण अग्रजसाथीहरूमा हार्दिक धन्यवाद एबम् आभार व्यक्त गर्दछु ।
सेल्टर स्थापनाकाल देखिनै आजका दिन सम्म आइपुग्दा सयौं हाम्रा दाजुभाई तथा दिदीबहिनीहरुले यसलाई आफ्नो सुख दुखको चौतारी बनाइ सक्नु भएको छ । र यो क्रम जारी नै रहेकोे यहाँहरु सबैमा जानकारी गराउन चाहान्छु ।
“थेगु नेपाली सेल्टर” को नामबाट संचालित यस सेल्टरको ब्यबस्थापन सन 2016 /12/04/ देखि 2018/11/18 सम्म सेल्टर सम्योजक रहेर कार्य गर्दै आइरहेको छु । म आफै पनि एउटा EPS कामदार भएकोले आफ्नो ब्यस्तता समय नहुदानहुदै पनि अहोरात्र खटेर सेल्टरमा आउने साथीहरूलाई आफ्नो बर्कतले भ्याएसम्मको सर सहयोग गर्दै आइरहेको छु । साथै यहाँहरुले विभिन्न समयमा सेल्टरलाई गर्नुभएको साथ सहयोग प्रती सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छु । र सम्पुर्ण परोपकारी सहयोगी मनहरुमा हार्दिक नमन ।

सेल्टरको दीर्घकालिन संचालन ब्यबस्थापन आफैंमा कति चुनौती पुर्ण र झन्झटिलो रहेछ भन्ने मैले यस्को ब्यबस्थापन सम्हालेदेखि नै महशुस गर्दै आइरहेको छु । घरभाडा बिजुली पानी ग्यास नेट आदिको भुक्तानीगर्नुपर्ने र दैनिक रूपमा यहाँ आउने साथीहरूले तिर्ने सुल्कबाट पनि अपुग हुने स्थितिबाट गुज्रिरहेको छ ।

सन 2017 को मार्चमा हामीले एउटा चलचित्र कार्यक्रमबाट आएको मुनाफाबाट अहिलेसम्म केहि भरथेग त गर्दै आएका छाैं । हाल आएर त्यो पनि सकिसकेको अवस्था छ । यसको सम्पूर्ण आर्थिक हिसाब पनि यहाँहरु सबैमा सार्वजनिक गर्नेछु । यी र यस्तै समस्याहरु भए पनि आजसम्म सेल्टरलाई यहाँ सम्म डोर्‍याउदै ल्याइरहेको छु । आगामी दिनहरुमा पनि यसको सहि ब्यबस्थापन गरेर दीर्घकालीन रूपमा संचालन गर्न सकेमा हामी नेपाली दिदिबहिनी तथा दाजुभाईहरुलाई दुख आपत पर्दा केहि हद सम्म भए पनि राहत हुनेछ ।

सेल्टर सम्योजक रहेर मैले लगभग दुई बर्ष जति यहाँ कार्य गरिसकेको छु । यस प्रकारको सामाजिक कार्यप्रतिको उत्तरदायित्व बोध गरेर मेरो कार्यकालमा भएको सम्पूर्ण बिबरणहरु यहाँ कृयासिल विभिन्न सङघसस्था लगायत आदरणीय दिदिबहिनी तथा दाजुभाइ हरु लाई राख्ने र आगामी नेतृत्व पनि कुनै पनि संस्था वा कुनै ब्यक्ती विशेषले लिन चाहानु भएमा हस्तान्तरण गर्ने हेतुले अधिबेशन गर्ने जमर्को गरेको छु । सोही अनुसार निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँहरुलाइ गरिमामय उपस्तिथिको लागि हार्दिक अनुरोध गर्दछु ।

मिति : 2018/11/18
समय : दिउँसो 12:00 बजे
स्थान : तारा रेस्टुरेन्ट ( थेगु)

अन्य बिस्तृत जानकारिको लागि :
थेगु नेपाली शेल्टर सम्योजक
सुरेस खत्री
01044612251

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...