Advertisement
SKIP THIS

कोरियामा सम्झिए मिनोद मोक्तान


दक्षिण कोरियामा विभिन्न संघसंस्थाले गत हप्ता हृदयघातका कारण मृत्यू भएका मानव अधिकारबादी गायक तथा स्टप क्र्याक डाउन व्यान्डका भोकलिस्ट मिनोद मोक्तान(मिनु) प्रति श्रद्धान्जली अर्पण गरेका छन् । आइतबार एमडब्लुटिभीको हलमा भएको कार्यक्रममा दक्षिण कोरियामा रहेका अधिकारबादी संघसंस्थाहरुको प्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
मोक्तान केबिएस टेलिभिजनमा विदेशीले कोरियन भाषामा गीत गाउने कार्यक्रममा भाग लिन कोरिया आएका थिए । त्यस पछि उनी झन्डै दुई दशक कोरियामा बसेका थिए । कोरियामा रहँदा सन् २००३ मा रक पप व्यान्ड स्टप क्र्याक डाउन स्थापना गरेका थिए । सो ब्यान्डले कोरियामा रहेका विदेशी कामदारका पीडा र उनीहरु माथि हुने थिचोमिचोलाई गीत मार्फत प्रस्तुत गरेका थिए । कोरियन सरकारले मोक्तानलाई सन् २००९ मा नेपाल डिर्पोट गरेको थियो ।
नेपालमा हुँदा समेत मोक्तान कोरियन भाषा पढाउने गर्थे भने कोरियामा रहेका प्रवासी मजदुरका पक्षमा निरन्तर लागि रहेका थिए । सन् २०१३ मा बनेको डकुमेन्ट्री द कोरियन ड्रिम र २०१६ मा बनेको कमिङ टु यु मिनुमा उनको जीवनका विभिन्न पक्ष हेर्न सकिन्छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...