Advertisement
SKIP THIS

कात्तिके देउराली समाज कोरियाको अधिबेशन सम्पन्न, ९ सदस्यीय नयाँ कार्यसमिति चयन


कात्तिके देउराली समाज दक्षिण कोरियाले बिशेष अधिबेशन सम्पन्न गरेको छ । बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय युवा समूह “कात्तिके देउरालि समाज दक्षिण कोरियाले” छुसकको अवसरमा  सेप्टेम्बर २३ तारिखका दिन बिशेष अधिबेशन सप्पन्न गरेको हो ।

कार्यसमितिका अध्यक्ष र कोषाध्यक्षले केही समय अगाडि राजिनामा दिएपछि अन्य सदस्यहरूले बिशेष अधिबेशनको माग गरेका थिए । संस्थालाई बलियो बनाएर सशक्त ढंगले अगाडी बढाउनको निम्ति बिशेष अधिबेशनको माग भएको समितिको सदस्य दिनेश गौतमले जानकारी दिएको छ ।

संस्थाको जिम्मेवार पद रिक्त भएपछि विशेष अधिबेशनले राजेन्द्र दुलालको अध्यक्षतमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विशेष अधिबेशनबाट उपाध्यक्षमा बालकृष्ण बाँसकोटा, सचिबमा उमेश चौँलागाइ र कोषाध्यक्षमा खडानन्द चौँलागाइ चयन भएका छन् । सदस्यहरुमा जगतमान लामा, दिनेश चौँलागाइ, नारायण गौतम, रत्न दोङ लामा र प्रयास हुँमागाइ चयन भएका छन् ।

“प्रबशी एकता आजको आवश्यकता सामाजिक कार्यमा हाम्रो प्रतिबद्धता” भन्ने मुल नारा बोकेको यस संस्थाले विगतमा युवाहरूको सहभागीतामा परोपकारी भावनाले गाउँमा एम्बुलेन्स सेवा संचालन गरेको, गरिबीको कारण उपचार गर्न नसक्ने ब्याक्तीहरुलाई सहयोग गर्ने लगायत सामाजिक र परोपकारी कार्यमा सक्रिय भुमिका खेलेको र यसलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता नव निर्वाचित अध्यक्ष राजेन्द्र दुलालले गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...