Advertisement
SKIP THIS

पत्रकार सहासंघ दक्षिण कोरियाको अधिवशेनमा राजदुतको अपमान गरेको आरोप


नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको छैटौ अधिबेशनबाट रञ्जन कुँवर अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको अधिबेशनमा कोरियाका लागि नेपाली राजदुत अर्जुन जंगबहादुर सिंहले प्रमुख अतिथी नबानएको भन्दै आफ्नो छोटो भनाई राखेर बाहिरिएका थिए । उनले आफ्नो र राजदुत पदकै अपमान भएकोले पत्रकार सहासंघको आगमी कार्यक्रमहरुमा आफु नआउने भन्दै हिडेका थिए ।
ढिलो गरि पुगेका राजदुत सिंहले कोरियामा भएका पत्रकारको संस्थालाई सामान्य शिष्टचार पनि थाहा नभएको बताए । ‘पत्रकार कि पत्रुकार ? कस्तो खालको पीत पत्रकारिता हो यो ? यस्तो अपमान पनि हुन्छ ? प्रमुख अतिथी भनेर बलाउने यहाँ चाहि विशेष अतिथी ?’ उनले रिसाउँदै भने ।
आयोजकले चिठ्ठी पठाउँदा प्रमुख अतिथी नभनेको बताएका थिए । पत्रकार सहासंघका निर्वतमान अध्यक्ष खेम कार्कीले पत्र पठाउँदा प्रमुख अतिथी भनेर नपठाएको र कार्यक्रममा आएर चित नबुझेको भए कुरा गरेको भए प्रमुख अतिथी नै बनाउँदा पनि फरक नपर्ने बताएका थिए । राजदुतले कार्यक्रम बहिष्कार गरेर हिडे पछि निर्वतमान अध्यक्ष खेम कार्की लगाएले माफी मागेर थोरै समय बसि दिन आग्रह गर्दा समेत राजदुत कसैको वास्ता नगरि बाहिरिए । कार्यक्रममा प्रमुख अतिथी नेपालबाट आएका पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई बनाएको थियो ।
राजदुत हिडेपछि सम्बोधन गरेका अध्यक्ष आचार्यले राजदुत जस्तो गरिमामय पदमा बसेको मान्छेको व्यावहार ठीक नभएको भनाई राखे । उनले राजदुत सबैको अभिभावक भएकोले अभिभावकको जस्तो व्यावहार गर्न सुझाब पनि दिए । ‘हामी पत्रकारहरुको कार्यक्रम भएकोले मलाई प्रमुख अतिथी बनाउनु भएको होला । अरु देशमा पनि मलाई प्रमुख अतिथी बनाएर राजदुतलाई विशेष अतिथी बनाएका छन् । नेपालमा पनि उपप्रधानमन्त्री विशेष अतिथी भएर म प्रमुख अतिथी भएको छु । अरु ठाउँमा सबै राम्रै भएको यहाँ मात्रै राजदुतले प्रोटोकलको कुरा गरेर कार्यक्रम बहिष्कार गरेकोले सिंगो पत्रकार सहसंघलाई अपमान गरेका हुन् । देशकै इज्जत बोकेर हिड्ने मान्छेको ब्यावहार र भनाई देखेर आफु छक्कै परेको छु ।’ उनले भने ।
कार्यसमितिममा बरिष्ठ उपाध्यक्षमा किसान गौतम, उपाध्यक्षमा रेश्मा राई, दुर्लभबन्धु पोखरेल, महसचिवमा मिन विके, सचिवमा केशव पोखरेल र निकुञ्ज तिवारी, कोषाध्यक्षमा बबिता ओली सदस्यहरुमा कृष्ण प्रसाद शर्मा, सविना कार्की, हरिप्रसाद अधिकारी,कृष्णप्रसाद न्योपाने, गुरुदत्त न्योपाने र बामदेब देबकोटा निर्वाचित भएका छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...