Advertisement
SKIP THIS

रिदम लाइभ कन्सर्टको सम्पुर्ण कलाकार कोरियामा, उपस्थितका लागी सबै नेपालीलाई आव्हान


काभ्रे र धादिङ जिल्लाको विकट गाउँमा एम्बुलेन्स संचालन गर्ने मुख्य उद्देश्यले दक्षिण कोरियामा गर्न लागेको “रिदम लाईभ कन्सर्ट तथा साँस्कृतिक धमाका”मा सहभागी हुन सम्पुर्ण कलाकार कोरिया आइपुगेको छ । मुख्य कलाकार दिपक बज्राचार्यको टिम भने ३ दिन अगाडि नै आइसकेको काभ्रे सम्पर्क मंच दक्षिण कारिएको उपाध्यक्ष सानू लामाले जानकारी दिएको छ ।

आज पुर्णिमा लामा, राजा राजेन्द्र पोखरेल, अञ्जली अधिकारी, रक्षा श्रेष्ठ, बबिता बानियाँ (जेरि) लगायत सबै कलाकारहरू कोरिया आइपुगेको जानकारी धादिङ समाज कारिएको अध्यक्ष सन्तोष अधिकारीले दिएको छ । कोरियाको ठूलो चाड तथा लामो विदा समेत हुने छुसकको अवसरमा गर्न लागेको उक्त सांगीतिक कार्यक्रमको आयोजना प्रदेश दुई अन्तर्गतको प्रवासी संगठन काभ्रे सम्पर्क समिति दक्षिण कोरिया र धादिङ सेवासमाज दक्षिण कोरियाले संयुक्तरूपमा गर्न लागेको हो ।

“प्रवासमा नेपाली एकता, आजको आवश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ विशुद्ध परोपकारी तथा सेवाको भावना र “हाम्रो मन नेपाली पन, हाम्रो कला संस्कृति अमुल्य धन । सफल, सुखद र  रोमाञ्चक बनाऔं प्रवासी मन ।” मुल नाराको साथ गर्नलागेको यस कार्यक्रममा सहभागी हुन कोरियामा रहेका सम्पुर्ण नेपालीहरूलाई अध्यक्ष केसीले अनुरोध पनि गरेको छ ।

कार्यक्रममा नेपाली सांगीतिक आकाशमा दुई दशक भन्दा बढी समयदेखि आफ्नो छुट्टै गायन कला, लोक बाजा, लोक बोल र तालको प्रयोग गरेर आफ्नो छुट्टै स्थान बनाउन सफल गायक दीपक बज्राचार्य तथा रिदम ब्यान्डको मौलिक सांगीतिक प्रस्तुति रहनेछ छ । चर्चित ब्यान्ड संगै अहिलेको जल्दाबल्दा चर्चित विभिन्न बिधाका कलाकारहरू पुर्णिमा लामा, राजा राजेन्द्र पोखरेल, अञ्जली अधिकारी,रक्षा श्रेष्ठ, बबिता बानियाँ (जेरि) लगाएत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाएको छ ।

यस सांगीतिक कार्यक्रममा नेपालबाट आउने चर्चित पत्रकार रबि लामिछाने बिशेष अतिथिको रूपमा सहभागी हुने जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...