Advertisement
SKIP THIS

राप्ती बृहत सांगीतिक सौगत भाग तीनको सम्पूर्ण तयारी पुरा


छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर २३ मा हुने राप्ती बृहत सांगीतिक सौगतको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । सउलको दोङ्देमुन नजिक रहेको जुङ्गुग खुमिन हेग्वान सेन्टरमा हुने कार्यक्रममा नेपालबाट आएका कलाकारसँगै कोरियामै रहेका कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् ।
‘सामाजिक कामका लागि हामीले यो प्रयास गरेका हौ । यसबाट उठेको रकमबाट एउटा अक्षयकोष खडा गर्ने हाम्रो प्रयास छ ।’ राप्ती समाज दक्षिण कोरियाका सचिब ओमलाल वलीले भने । ‘यसरी जम्मा भएको अक्षय कोषबाट समस्यामा परेकाहरुलाई सहयोग गर्ने लक्ष्य छ । हाम्रो लक्ष्यमा सफल हुन्छौ भन्नेमा ढुक्क छौ ।’ उनले थपे ।
कार्यक्रममा नेपालबाट गायक प्रमोद खरेल, डान्सर सुसान्त खत्री, हास्य कलाकार बुद्धी तामाङ, गायिकाहरु रजनी गुरुङ, भुमिका गिरी र सन्ध्या जाशी आउनेछन् । दक्षिण कोरियामै रहेका कलाकारहरु लोकेन्द्र चन्द, रमिला गौतम र भक्तराज भाटको प्रस्तुति रहनेछ ।
राप्ती सांगीतिक सौगतमा आएर मनोरञ्जनसँगै समाजिक सेवा पनि गरि दिन कोरियामा रहेका सम्पूर्ण नेपालीलाई आयोजकले आग्रह गरेको छ । उक्त संगीतिक कार्यक्रम सेप्टेम्बर २३ दिउँसो १ बाट सुरु हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...