Advertisement
SKIP THIS

काेरियामा २४ अाैं बिश्व अादिवासी दिवस मनाइयाे।


नेपाल अादिवासी जनजाती महासंघ दक्षिण काेरियाले “२४ अाैं विश्व अादिवासी दिवस” भब्यताका साथ मनाएको छ । “पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान”  भन्ने मुल नारा सहित अाइतबार साैलमा एक अाैपचारिक कार्यक्रमकाे अायाेजना गरि मनाइएकाे हाे।

कोरियाका लागि नेपाली  महामहिम राजदूत अर्जुन जंगबहादुर सिंहको प्रमुख अातिथ्यतामा तथा नेपाल अादिवासी जनजाति महासंघ काेरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकालीकाे अध्यक्षतामा उक्त कार्यक्रम भएकाे थियाे। बिशेष अतिथिका रूपमा एन अार एन ए एसिया प्यासिफिक उप संयाेजक बिनाेद कुंवर, एन अार एन ए एसिया प्यासिफिक महिला उप संयाेजक जुन गुरूङ, महासंघ का सल्लाहकार तथा एन अार एन ए अाइ सि सि सदस्य लाेचन राइ,एन अार एन ए काेरियाका अध्यक्ष लक्ष्मी गुरूङ,  नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसी, महासंघका पूर्ब अध्यक्षहरू भक्त शेरचन, चित्र माेक्तान, जनप्रगतिशिल मञ्चका अध्यक्ष खड्ग बुढा मगर, संघिय नेपाली समाजका अध्यक्ष महेन्द्र राइ लगाएतका बिशेष अतिथिहरू रहेका थिए।

प्रमुख अतिथिबाट समुदघाटन भै सुरुभएको कार्यक्रममा राष्ट्रिय गान संगै आ-आफ्नो जातिय पोशाकमा उपस्थित विभिन्न जातीहरु लाइनबद्ध भै आदिवासी गीत गाएका थिए।महासंघ दक्षिण काेरियामा अावद्द  १२ जातिय  संस्थाको सक्रिय सहभागीता रहेको थियो । कार्यक्रममा दक्षिण कोरियामा सकृय रहेका विभिन्न जातीय राजनितिक पार्टिका भात्री संस्था तथा क्षेत्रीय संघसंस्थाहरुको प्रतिनिधि पनि अतिथिको रुपमा उपस्थित रहेका थिए।

 

पहिलो चरणको औपचारिक कार्यक्रममा बोल्दै राजदुत सिंहले यसरी परदेशमा रहँदा पनि आफनो मौलिक कला संस्कृति र पहिचानको विषयमा यस्तो खालको कार्यक्रम आयोजना गर्नु खुसीको कुरा रहेको  बताए।आदिवासीका कैयौ मागहरु जायज भएकोले संविधान संसोधन मार्फत पूरा गरिनु पर्ने, त्यसको लागि सबैले दबाब दिनुपर्ने र आफू पनि सरकार मातहतको कर्मचारी भएकोले सक्दो पहल गर्ने प्रतिबद्धता  ब्यक्त गरे। उचित मागलाई आफुले सम्बन्धित ठाउँमा पुर्याउने र आवस्यक पहल गर्ने राजदुत सिंहले प्रतिबद्धता जनाएका थिए । चित्र माेक्तान, खगेन्द्र बुढामगर, महेन्द्र राई, खड्क थापा मगर लगायतले आदिवासिका अधिकार र पहिचानका बारेमा बोलेका थिए।

औपचारिक कार्यक्रममा  किरात याक्थुङ चुम्लुङ, तामाङ संघ , शेर्पा संघ, मगर संघ, थारु कल्याणकारी सभा, थकाली समाज, ह्योल्मो समाज,, किराँत राई यायाेख्खा लगायतको संस्थाले अा-आफ्नो मौलिक कला र साँस्कृतिक पहिचान झल्काउने भेषभुषा सहितको झाँकी तथा नाच प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोश्रो भागमा विभिन्न जातिहरुको सांस्कृतिक झाँकी, नृत्य, गीतहरुले अत्यन्तै मनोरंजन प्रदान गरेको थियो। तामाङ संघको डम्फु नाच संगै सुरुभएको सांस्कृतिक कार्यक्रममा लगत्तै ह्योल्मो परिवारको स्याब्रु नृत्य , किराँत याक्थुङ चुम्लुङको केलाङ नृत्य हुँदै किराँत राई यायोख्खाको साकेला नाच प्रस्तुत हुदा कार्यक्रममा उपस्थित अतिथिहरु समेत संगै नाचेका थिए। लगत्तै शेर्पा संघको स्याब्रु नृत्य संगै विभिन्न स्थानिय कलाकारको गीत, नृत्यहरुले दर्शकलाई मनोरंजन दिलाएका थिए। विच-विचमा संदेशमुलक सायरी,गजलले मनोरंजन प्रदान गर्दै दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सचीव युगेल टेण्डुप शेर्पाले संचालन गरेका थिए।

प्रत्येक वर्षको ९ अगष्टमा विश्वभरका आदिवासीहरुले विश्व आदिवासी दिवस मनाउँछन् । दक्षिण काेरियामा भने  याे बर्ष अगष्ट ५ तारिखमा अाइतबार परेकाेले  सबैलार्इ सहज हाेस् भनेर उक्त दिन कार्यक्रम आयोजना गरिएको थियाे ।

कार्यक्रम महासंघका महासचिब केशर दर्लामी मगरले संचालन गरेका थिए भने  उपाध्यक्ष बाबुलाल माेक्तानले मन्तब्यले स्वागत गरेका थिए।

कार्यक्रमलाई सहयोग गर्ने र उपस्थित भएर कार्यक्रमको शोभा बधाई कार्यक्रमलाई भब्य रुपमा सफल पारिदिएकोमा सबैलाई धन्यवाद दिदै  महासंघका अध्यक्ष मल्लिका थकालिले  औपचारिक कार्यक्रमको समापन गरेका थिए।

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...