Advertisement
SKIP THIS

छुसकको पहिलो दिन सेप्टेम्बर २३ बेलुकी “ङोलो ङोल्स्यो लाईभ दोहोरी साँझ” हुने ।


सौल,जुलाई ३१ बोम्जन गुरुङ

नेपाली लोक तथा दोहोरी गीतको सम्बर्द्वन र प्रबर्द्वन गर्ने उद्देश्यका साथै कोरियामा रहेका लोक तथा दोहोरी गीत-संगीतका पारखीहरुलाई विशेष लक्षित गरि ङोलो ङोल्स्यो (सोल्टी-सोल्टीनी) ग्रुप दक्षिण कोरियाको आयोजनामा पहिलोपटक “ङोलो ङोल्स्यो(सोल्टी सोल्टिनी)लाईभ दोहोरी साँझ” साथमा डान्स धमाका २०१८ कार्यक्रम हुने भएको छ ।

यही आउँदो कोरियन महान पर्व छुसकको पहिलो दिन २३ सेप्टेम्बर २०१८ को बेलुका ०७:०० बजेदेखि शुरु भई २४ सेप्टेम्बर बिहान ०५:०० बजेसम्म छङर्याङरी कार्यक्रम हलमा हुने सो कार्यक्रममा नेपालबाट आउनुहुने राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको साथमा कोरिया स्थित चर्चित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति ,लाईभ नेपाली संगीत साथमा डान्स धमाका २०१८ हुने भएको हो ।

लोक तथा दोहोरी फाँटका राष्ट्रिय स्तरका अत्यन्त चर्चित र व्यस्त गायिका प्रिति आले र गायक राजन गुरुङ यस कार्यक्रमको लागि कोरिया आउने भएका छन् । फूल्यो बामरी, दोहोरी ब्याटल लगायतका गीत बाट अति चर्चाको शिखरमा चुलिएकी गायिका प्रिति आले बेली डान्सरको रुपमा पनि परिचित छिन्। त्यसैगरी २०१७ वर्षकै सुपरहिट मौलिक लोकगीत उहि खोलीमा पानी, मै जन्मेको गीत लगायतबाट दर्शक/श्रोताको ढुकढुकि बन्न सफल राजन गुरुङ उक्त कार्यक्रममा सबैको आकर्षण रहेको आयोजकको दावी छ ।

यसैगरि कोरिया स्थित मौलिक सालैजो “पर्ख नानी”, विदेशियका छोरीको व्यथा-वेदना बोकेको “प्रदेशी छोरी” जस्ता एल्बम मार्फत सुरिलो आवाजले सबैको मन जित्न सफल गायिका शान्ती गुरुङ, लोकदोहोरी गायक गोमेश केसि,कृष्ण पाण्डे क्षेत्री, पुरन गुरुङ साथै लोकदोहोरी गायिका रमिला गौतमको दोहोरी घम्सा घम्सी साथमा रोधीं ब्याण्डका संगीतकार दिलिप गुरुङ र साथीहरुको प्रत्यक्ष संगीतको विशेष प्रस्तुति रहनेछ ।

मनोरञ्जनात्क यस “ङोलो ङोल्स्यो लाईभ दोहोरी साँझ” को कार्यक्रमा प्रवेश शुल्क स्वरुप २०,०००/-वोन तोकिएको छ जसमा एउटा क्यान पेय पदार्थ निःशुल्क उपलब्ध हुने आयोजकले जनाएको छ।कार्यक्रममा स्वादिष्ट नेपाली खानाको परिकारहरुको स्टल पनि रहने आयोजकले बताएको छ। दक्षिण कोरियाको इतिहासमै पहिलो पटक सुबिधा सम्पन्न कार्यक्रम हलमा नेपालीहरुको मौलिक लोक गीत र लाईभ दोहोरी घम्साघम्सी हुने भएकोले कोरियामा रहनुहुने समस्त नेपाली गीत-संगीत पारखी दाजुभाई, दिदीबहिनीहरुलाई कार्यक्रम भव्यताका साथ सफल पार्नुहुन आयोजक ङोलो ङोल्स्यो ग्रुप दक्षिण कोरियाले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

कार्यक्रम तपसिल : मिति : २०१८ सेप्टेम्बर २३ (छुसकको पहिलो दिन)

समय :बेलुका ७:०० बजेदिखि बिहान ५:०० बजे सम्म

स्थान :छङर्याङरी प्रोगाम हल

जाने तरीका : सौल मेट्रो लाईन नं १ 청량리역 (छङर्याङरी स्टेशन) गेट नं १ बाट निस्केर (पैदाल १ एक मिनेट) 서울 동대문구 왕산로 185 길 (नोट:सौल मेट्रो लाईन १ र ४ दोङ्देमुन स्टेशन गेट ३ र ४बाट निशुल्क बसको व्यवस्था )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...