Advertisement
SKIP THIS

सानाे मिल्तीखाेला हाइड्राेपावरले हाल सम्मका प्रगति प्रतिबेदन दिन पत्रकार सम्मेलन गर्ने।


दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले हाल सम्म गरेका प्रगतिकाे जानकारी दिन यहि  जुलाइ  २२ तारिख साैलमा पत्रकार सम्मेलनकाे अायाेजना गर्ने भएकाेछ। साैल तुन्देमुन स्थित लुम्बिनी रेष्टुरेण्टमा २ बजे देखि प्रेस मिटकाे अायाेजना गरिएकाे कुरा कम्पनिका प्रबन्ध संचालक कपिल न्याैपानेले बताएका छन्।

उक्त कार्यक्रममा काेरियामा रहेका सक्रिय संघ संस्थाका प्रमुख प्रतिनिधि, समाजसेबी ,पत्रकार तथा पुराना शेयर सदस्य तथा नयाँ लगानी गर्न चाहाने नेपाली दाजुभाइ तथा दिदी बहिनी हरूलाइ अायाेजनाका अध्यक्ष सुरेश लिम्बुले हार्दिक निमन्त्रणा गरेका छन्। साेहि दिन नयाँ शेयर अावेदन पनि संकलन गरिनेछ।

हाल कम्पनीलाइ नपुग रकम झण्डै ८ कराेड रूपयाँकाे लागी संस्थापक शेयर बिक्रि गरिरहेकाेछ। अहिले सम्म करिब ३ कराेड रूपयाँकाे शेयर अावेदन पत्र संकलन गरिसकेकाेछ।कम्पनीलाइ अावश्यक रकम ८ कराेड रूपयाँ पुरा भए पछि स्वत बन्द हुने भएकाले लगानी गर्न चाहाने महानुभावहरूले छिटाे अावेदन फर्म भर्न हुन पनि कम्पनिका प्रबन्ध संचालक कपिल न्याैपानेले अनुराेध गरेका छन्।

राष्ट्रिय बाणिज्य बैंकको साझेदारीमा निर्माण सम्पन्न हुने उक्त आयोजनामा कुल ५२ करोड रुपैया खर्च हुने जनाएको छ । उक्त रकम मध्ये ६०प्रतिशत राष्ट्रिय वाणिज्य बैंक र ४० प्रतिशत एसएम एन्भेष्टमेन्ट कम्पनीको रहने छ ।

यस अघि एसएम इन्भेष्टमेन्ट कम्पनीमा दक्षिण कोरियामा रहेका इपिएस कामदारहरुको झण्डै १२ करोड रुपैया संकलन भइ आयोजना अगाडि बढेको थियो । हाल कम्पनीलाई नपुग इक्कुइटी सेयर फेरी दक्षिण कोरियामै रहेका नेपालीहरुबाट संकलन गरिन लागेको हाे।

आयोजनाको बारेमा विस्तृत जानकारीका लागि सम्पर्क एस एम इनभेष्ट कम्पनीका अध्यक्ष कपिल न्यौपाने ०१०२१९६९१७४ , सानाे मिल्ती खाेला हाइड्राे पावर अायाेजना अध्यक्ष  सुरेश लिम्बू ०१०७३६४८०९२ र यम श्रीस मगर ०१०७४९८२७३० लाइ सम्पर्क गर्न सकिनेछ।

पत्रकार सम्मेलन हुने मिति २०१८जुलाइ २२ तारिख अाइतबार

समय: अपरान्ह २ बजे

स्थान :लुम्बिनि रेष्टुरेण्ट तुन्देमुन साैल

जाने तरिका :ट्रेन लाइन नं. १ ,गेट नं. ३ बाट ३ मिनेट सिधा तथा दाेङम्याे अाफ स्टेसन गेट नं. ८ अगाडी

सम्पर्ककाे लागी

कपिल न्यौपाने ०१०२१९६९१७४

सुरेश लिम्बू ०१०७३६४८०९२

यम श्रीस मगर ०१०७४९८२७३०

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...