Advertisement
SKIP THIS

दक्षिण कोरियामा पहिलो पटक तामाङ चलचित्र प्रर्दशन


 

नेपाल तामाङ संघ दक्षिण कोरियाले कोरिया पहिलो पटक तामाङ भाषाको चलचित्र सेम ताबा म्ही (मन परेको मान्छे ) प्रर्दशन गरेको छ । कोरियामा नेपाली चलचित्र प्रदर्शन हुने भए पनि भाषाभाषीको चलचित्र पहिलो पटक प्रदर्शन भएको हो । चलचित्र बुसान, थेगु र सुवनमा प्रदर्शन गरिएको हो ।
आइतबार सुवन भएको कार्यक्रममा सोही चलचित्रका निर्देशक राजकुमार मोक्तानको कबिता संग्रह म र मेरो देश कार्यक्रमका प्रमुख अतिथि कोरियाको लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहले विमोचन गरे ।
कार्यक्रममा बोल्दै राजदुत सिंहले नेपाल बहुभाषी, बहुजाति र बिबिध खालको संस्कृति बोकेको देश भएकोले चलचित्रले यस्ता कुरालाई देखाउन सके राम्रो हुने बताए । ‘हामी पूर्व मेची देखि महाकालीसम्मका नेपालीको आफ्नै संस्कार र संस्कृति छन् । आफ्नै सभ्यता पनि छ । यी सबैलाई हामीले संरक्षण गर्ने माध्यम चलचित्र र पुस्तक हुन ।’ उनले भने ।
चलचित्र निर्देशक राजकुमार मोक्तानले आफ्नो पहिलो चलचित्रलाई सबैले मन पराई दिनु भएकोमा धन्यबाद दिए । साथै दक्षिण कोरियामा चलचित्र प्रर्दशनीबाट उठेको रकम रामेछापको शेरपलिङ महायान बौद्ध धर्म अध्ययन केन्द्रमा अध्ययनरत बालबालिकाहरुको सहयोगको लागि खर्चिने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रमलाई नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईवा, उपाध्यक्ष राजीव घिसिङ, सल्लाहकार चित्रबहादुर मोक्तान, दावा तामाङ र जनजाति महासंघ दक्षिण कोरियाका उपाध्यक्ष बाबुलाल मोक्तानले सम्बोधन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...