Advertisement
SKIP THIS

कियाचु बुसान शाखाले सांस्कृतिक तथा डान्स पार्टी अायाेजना गर्ने।


चिन्तित कन्दङ्वा लिम्बु – बुसान कोरिया

किरात याक्थुङ चुम्लुङ बुसान साखाले यहि आउदो अगस्ट ४ तारिख सांस्कृतिक तथा डान्स पार्टी कार्यक्रम आयोजना गर्ने भएकाेछ।

“हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौ” भन्ने नाराका साथ  किरात याक्थुङ चुम्लुङ बुसान साखाले अाइतबार पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेकाेछ।  किम्हेको लिटल इन्डिया रेस्टुरेन्टमा विभिन्न संघ-सस्था, कलाकार लगायत साजसेबी बुद्दिजिबीहरुको उपस्थितिमा सल्लाह सुझाब अनि सहयोगको अपेक्षा राख्दै पत्रकार सम्मेलन साथै भेटघाट कार्यक्रम सम्पन्न गरेको हाे।

आबसिय गृह (सेल्टर) सन्चालन गर्ने उद्देश्य राखेर कियाचु बुसान शाखाले  कोरियाको गर्मी बिदाको अबसरमा सांस्कृतिक तथा डान्स पार्टी कार्यक्रम आयोजना गर्न लागेको हो । कोरियामा रहेका बिभिन्न पेशा संघ-सस्था र क्षेत्रमा आबद्ध रहनु भएका सबै समुदायहरुलाई सहयोगको अपेक्षा सहित कार्यक्रममा सहभागी हुन संस्थाले आह्वान गरेकाेछ।  उक्त कार्यक्रमले दक्षिण कोरियाको दक्षिणी भु-भागमा रहेका सम्पुर्ण समुदायलाई भावानात्मक रुपमा एकजुट हुने अवसर प्रदान गर्ने विस्वास गरिएको कुरा सस्थाका अध्यक्ष किरण कन्दङ्वाले जनाएका छन्।

भेटघाट कार्यक्रममा एन आर एन बुसान, तामाङ समाज बुसान, नेपाल मगर संघ किम्हे, किरात राई यायोखा बुसान, गुरुङ समाज गजेदो न्यु भिजन ग्रुप किम्हे र इतर आवाज साहित्यिक समाज साथै विभिन्न संघ- सस्थाहरुको बाक्लो उपस्थिती रहेकाे थियाे।

कोरियामा रहेका बिभिन्न क्षेत्रलाई सहज बनाउने उद्देश्यले कार्यक्रमको लागि दक्षिणी सबै क्षेत्रमा प्रतिनिधि ब्यबस्थापन गरिएको छ । जस्को लागि सरोज चेम्जोङ – 01040512646 राज कुमारी तामाङ – 01040743703 थेगु, डोल्मा तामाङ -01088574480- वाईगान, दिलिप थापा – 01029766024 मिर्याङ, डम्बर सुब्बा – 01064674255 नाम्जी, चित्र आङ्देङ्बे – 010-8692-5585‬ मासान, सबिन लिम्बु 010-21899010 गजेदो, उमेश ठुले राई – 01087138606 जिन्यङ, मेनुका राई- 01024918953 याङ्सान, अर्जुन सुब्बा 01064994095 सासङ, कल्पना कन्दङ्वा- 01044586686 प्रतिमा आले – 01040392430 बुसान, र बिक्रम नेम्बाङ – 01076964223 किम्हे रहेको छ ।

कार्यक्रमको प्रायोजक लुम्बिनी रेस्टुरेन्टले गरेको छ भने मिडिया पार्ट्नरमा फोनिज कोरिया डट नेट , नमस्ते नेपाल डट नेट ,रेडियो अनलाईन गोर्काली र नया अनलाईन डट कम   रहेका छन् । किरात याक्थुङ चुम्लुङ बुसान दक्षिण कोरियाको स्थापना सन् २०१७ मा भएको थियो । संघले आफ्नो स्थापनाकाल देखि नै कोरियामा रहेका विभिन्न संघसंस्थाहरुसंग हातेमालो र सहकार्य गरी सामाजिक कार्य गर्दै आईरहेकाे छ। साथै सहभागी संस्थाहरुले पनि आउदो दिनमा अझ सक्रिय रुपमा सहकार्य गर्दै अगाडी बढने प्रतिबद्दता जनाएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...