Advertisement
SKIP THIS

दक्षिण कोरियामा दुई दिनमा तीन नेपालीको ज्यान गयो


 

दक्षिण कोरियामा दुई दिनमा तीन नेपालीको ज्यान गएको छ । आज दिउँसो औद्योगीक दुर्घटनामा परेर एक जनाले ज्यान गुमाएका छन् भने हिजो सउलको मोटेलमा सुतेकै ठाउँमा एक जनाको मृत्यु भएको छ । त्यस्तै अर्का एक जनाले भने आत्महत्या गरेको छ ।
हिजो लमजुङ दुराडाँडा सिम्ले जमुनाका होम गुरुङको मोटेलमा सुतेकै अवस्थामा ज्यान गएको थियो । आइतबार बेलुकी मोटेलमा सुतेका गुरुङ सोमबार दिउँसोसम्म पनि कोठाबाट ननिस्किए पछि होटेल साहुले नै ढोका खोलेर हेर्दा मृत्यु भएको पाएका थिए । ‘मोटेल साहुले नै प्रहरीलाई खबर गरेको रहेछ ।’ श्रमसहचारी डिल्लिराम बास्तोलाले भने । ‘हामीले अस्पतालमा आएर बुझ्यौं प्राराम्भिक रिपोर्टमा हर्ट अट्याक भएर मृत्यु देखिएको छ ।’ उनले थपे । ‘उहाँ सन् २००८मै दक्षिण कोरिया आउनु भएको रहेछ । नेपालमा उहाँको परिवारलाई खबर गरेका छौ ।’ लमजुङ परिवार दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष मेघप्रसाद वाईवाले भने । ‘हामीले पनि धेरै कुरा बुझ्नै छ ।’ अहिले गुरुङको पार्थिव शरिर सउलको हस्पिटलमा राखिएको र थप कुरा बुझ्ने प्रयास भैरहेको पनि उनले बताए ।
आज बिहान आन्सानको एक कम्पनीमा कार्यरत म्याग्दीका थापा थरका नेपालीको औद्योगिक दुर्घटनामा ज्यान गएको छ । त्यस्तै वेजम्बुमा पनि नरेश राईले आफु बस्ने ठाउँबाटै हाम फालेर आत्महत्या गरेको छ । सोलुखुम्बु निवासी राई ८ वर्ष अघि कोरिया आएका थिए ।
‘घटनाको सुचना आएको छ । धेरै कुरा बुझ्न पर्ने अबस्था छ ।’ श्रमसहचारी बास्तोलाले भने । ‘बुझेर नेपाली राजदुताबासले सम्बन्धित सबै पक्षलाई खबर गर्छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...