Advertisement
SKIP THIS

बुद्ध प्रतिमा आइतबार अनावरण हुने : कार्यक्रम सहभागी हुन आयोजकको आग्रह


तँपाई दक्षिण कोरियामा हुनुहुन्छ भने धेरै रमाइलो ठाउँ घुम्नु भयो होला । धेरै बौद्ध गुम्बा पनि डुल्नु भयो होला । तर तँपाईले नेपाली कला झल्किने गुम्बा र गौतम बुद्धको अनुहार देख्नु भएको छ ? शायद छैन । अब चिन्ता नगर्नुस् । यही मे २० तारिख आइतबार देखि भने दक्षिण कोरियाको रमाइलो ठाउँ योङगीन सहरको वाउछाङ्सामा नेपाली अनुहारको बुद्ध र सानो चिटिक्क परेको गुम्बा देख्नु हुनेछ ।
नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरिया र नेपाल बौद्ध परिवार दक्षिण कोरियाको लामो प्रयास पछि नेपालबाट बुद्धको मुर्ति कोरिया ल्याइएको छ । वाउछाङ्सामा आइतबार बुद्ध प्रतिमाको अनावरण कार्यक्रम रहेको छ । सो कार्यक्रममा नेपाली मात्र होइन योङइन सहरका मेयर, कोरियाको सस्कृति तथा पर्यटन मन्त्रालयका अधिकारी, कोरियाका विभिन्न मिडियाका पत्रकार, कोरियाका लागि नेपाली राजदूत लगाएत दक्षिण कोरियामा भएका संघसंस्थाका प्रतिनिधिहरु उपस्थित हुनेछन् ।
‘नेपाल चिनाउने अभियान थियो । हामी सफल भएका छौ । यो कार्यमा कोरियामा रहनु हुने सबै नेपालीको साथ पाइयो ।’ एनसीसीका अध्यक्ष अञ्जु केसीले भनिन् । ‘नेपालीले दक्षिण कोरियामा पैसा मात्र कमाएका छैनन् । आफ्नो देश चिनाउने काम पनि गरेका छन् भन्दा सबै नेपालीको गर्बले छाति फुल्नेछ ।’ उनले भाबुक हुँदै थपिन् । आइतबार हुने कार्यक्रममा कोरियामा हुने नेपालीलाई सहभागी हुन आग्रह गर्न भुलिनन् ।
‘बुद्ध प्रतिमा अभियानमा आर्थिक, नैतिक, भौतिक जे जस्तो सहयोग गर्नु भयो । हामी आभारि छौ ।’ बौद्ध परिवारका महासचिब प्रितम गुरुङ भने । ‘सबैको सरसहयोगले नै कार्यक्रम सफल भो । आइतबार पनि आइदिनु होला ।’
अनावरण कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, पञ्जे बाजा, भोजनको व्यावस्था र आवतजावतका लागि बसको पनि व्यावस्था गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...