Advertisement
SKIP THIS

नेपाल तामाङ संघ दक्षिण कोरियाको अधिबेशन सम्पन्न, अध्यक्षमा मेघप्रसाद वाईवा


 

नेपाल तामाङ संघ दक्षिण कोरियाको आइतबार नवौ अधिबेशनले मेघ प्रसाद वाईवाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ । सउलमा भएको उक्त कार्यक्रममा सबै पदाधिकारी सर्बसम्मत रुपमा चयन भएका हुन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष मल्लिका थकालीले जनजातिहरु सबै क्षेत्रमा एक जुट हुन पर्ने बताइन । ‘हामी आफ्नो अधिकारको लागि आफै लड्नु पर्छ । त्यसैले जहाँ जसरी भए पनि आफ्नो पहिचान, भाषा संस्कृतिका सचेत हुने काम धेरै राम्रो हो ।’ उनले भनिन् ।

त्यस्तै नेपाल तामाङ संघ दक्षिण कोरियाका निर्वतमान अध्यक्ष उइनासिं वाईवाले धेरै अप्ठ्याराहरुलाई खेपेर संगठनलाई यो अबस्थामा ल्याई पुर्याएको र अब चुनिएको कार्य समितिले तामाङ संघलाई अझ उचाईमा लैजाने विस्वास ब्यक्त गरे । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । कोरियामा रहेका तामाङ गायकहरु बाबुलाल मोक्तन बिएल, अमन थिङ, भवःश्वी बोमजन र युनिक दोङलाई सम्मान पनि गरिएको थियो ।

संघको नव गठित समितिमा बरिष्ठ उपाध्यक्ष रबि लामा, उपाध्यक्ष सरिता लोप्चन, स्नेहा लामा र बुद्ध लामा रहेका छन् । त्यस्तै महासचिवमा गोकुल थोकर, सचिवमा फुर्बा तामाङ, अमिर तामाङ, दुध लामा र कमला तामाङ रहेका छन् । संघको कोषाध्यक्षमा मनोज कुमार वाईवा र सहकोषाध्यक्षमा युनिक दोङ निर्वाचित भएका छन् । सदस्यहरुमा प्रेम तामाङ, भरत बोम्जन, सुरेश थोकर र ओम तामाङ रहेका छन् । संघको प्रवक्तामा राजिब घिसिङ र संरक्षकमा सोम लामा रहेका छन् ।
हामीले बाँकी सदस्यहरुलाई छिट्टै चयन गर्छौ । दक्षिण कोरियामा रहेका जुझारु तामाङहरुलाई समेट्ने प्रयास हुनेछ । नवनिर्वाचित अध्यक्ष मेघ प्रसाद वाईवाले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...