Advertisement
SKIP THIS

काेरियामा बुद्द प्रतिमा स्थापना अभियान सचिवालयले अभियानकाे बारेमा बृस्तित जानकारी दिन पत्रकार सम्मेलन गर्ने।


नेपाली सम्पर्क समिति  काेरियाकाे संयाेजन तथा नेपाल बाैद्द परिवारकाे सहकार्यमा काेरियामा स्थापना गर्न  लागिएकाे बुद्द प्रतिमा स्थापना अभियानकाे बारेमा अहिले सम्म भएका प्रगतिकाे बारेमा जानकारी दिनकाे लागि सचिबालयले पत्रकार सम्मेलन गर्ने भएकाेछ।

यहि अाउने मार्च ४ तारिख आइतबार मध्यान्ह १२ बजे दोङ्देमूनको लुम्बिनी रेष्टुरेन्टमा हुने पत्रकार सम्मेलन मार्फत बुद्ध प्रतिमा स्थापना अभियानको अहिले सम्म भएका प्रगति विवरण र आगामी कार्यक्रमका विषयमा जानकारी दिने सचिवालय समितिले जनाएको छ ।

बुद्धको जन्मस्थल बारे कोरियामा व्याप्त भ्रम चिर्न र नेपालकाे पर्यटनलार्इ समेत प्रचार प्रसार गर्न  भन्दै नेपाली सम्पर्क समिति एनसिसिको संयोजन र नेपाल बौद्ध परिवार काेरियाकाे  सहकार्यमा योङ्इन शहरस्थित पर्यटकिय गुम्बा वाउजङ्सा गुम्बामा नेपालबाट बुद्धको प्रतिमा ल्याएर प्रतिश्थापन गर्ने अभियान शुरु भएको हो । अभियान शुरु भएको महिनौ वितिसक्दा अभियानका लागि व्याक्ति र संघ संस्थाबाट आर्थिक सहयोग गर्ने क्रम पनि जारी छ । झण्डै चार करोड वोन लाग्ने अनुमान गरिएको प्रतिमा अभियान अन्तरगत अहिले सहयोग रकम संकलन र बुद्धको मुर्ती निर्माण कार्य नेपालमा भइरहेको छ । मे महिनामा हुने बुद्ध जयन्तीको अवसरमा बुद्धको मुर्ती कोरियामा नगर परिक्रमा गराएर गुम्बामा प्रतिस्थापन गर्ने कार्यक्रम पनि छ ।
सचिवालयले ४ तारिख पत्रकार सम्मेलन मार्फत अहिले सम्म भएका कार्य प्रगति र अभियानका बारेका विविध जिज्ञासाको जवाफ दिने बताएको छ । सो दिन उपस्थित भएर आफ्ना जिज्ञासा र अभियानका बारे विस्तृत जानकारी लिन समितिले कोरियामा रहेका व्यावसायि, पत्रकार, वुद्धिजिवी, विद्यार्थी, संघसंस्था, समूह लगायत सम्पुर्ण नेपालीलाई आह्वान गरेको छ ।

मितिः२०१८–०३–०४ आइतबार
समयः मध्यान्ह ठिक १२ बजे
स्थानः लुम्बिनी रेष्टुरेन्ट, दोङ्देमून

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...