Advertisement
SKIP THIS

पुर्वाञ्चल सराेकार मञ्च काेरियाका अध्यक्ष काजी नेपालकाे नेपाली समुदायमा हार्दिक अपिल।


विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो । संसार बुझ्न र ज्ञानको खोजीमा दरबार छोडेर निस्किएका सिद्धार्थ गौतमले कठोर तपस्या गरे पछि उनमा अदभुत् ज्ञान (बुद्धत्व) प्राप्त भयो । बुद्धले विश्वभरि शान्ति र अहिंसाको सन्देश फैलाए । बुद्धको जन्म स्थल नेपालको लुम्बिनी अहिले अर्बौं बुद्धिष्टहरुको आस्थाको केन्द्र बनेको छ । अहिले उनका अनुयायीहरु विश्वभरि छन् । उनलाई शान्तिका अग्रदूत भगवानको रुपमा पूजा गरिन्छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपाल लगायत संयुक्त राष्ट्रसंघ र भगवान बुद्धलाई मान्ने विश्वका धेरै देशहरुमा बुद्ध जयन्ती धूमधामका साथ मनाईन्छ । सत्य यो छ की गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको, ज्ञान बाडँको र उनले मृत्युवरण गरेको पनि सोहि दिन पर्छ । गौतम बुद्धको जन्मस्थानको विषयलाई लिएर संसारभर विभिन्न किसिमका झुटा अफवाह ( झुटा बहस / भ्रम ) समेत हुने गरेका छन् ।

त्यसर्थ, भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनी,उनले प्राप्त गरेको बुद्धत्व लगायतका विषयहरुलाई छर्लङ/ प्रष्ट पार्ने उद्धेश्य सहित लुम्बिनी अर्थात नेपाललाई विश्वभर स्थापित( चिनाउने/ पहिचान) गर्ने उद्धेश्यका साथ नेपाली सम्पर्क समिति कोरियाको आयोजना र बौद्ध परिवार कोरियाको सहकार्यमा नेपाल बाट ८ फिट अग्लो बुद्धको प्रतिमा ल्याएर नेपालको झण्डा फहराउदै कोरियाको सिओल स्थित मुख्य शहरको परिक्रमा पश्चात कोरियाको योङइन स्थित प्रसिद्ध वाउछ्ङ्सा गुम्बामा बुद्ध प्रतिमा स्थापना गर्ने यस महान र पवित्र कार्यको अभियानमा आफुले गर्न सक्ने आर्थिक, भौतिक र नैतिक सहयोग गरिदिनु हुन कोरिया बासि सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिवहिनिहरूमा हार्दिक अनुरोध गर्दछौ ।

विभिन्न किसिमका भ्रमहरू चिर्नको लागि नेपालमा पनि भगवान बुद्धले दिएको दर्शन तथा उनको दर्शन संग विशेष दख्खल राख्ने अध्ययेताहरू र उनको विश्वभर चम्किएको व्यक्तित्वलाई थप उजागर गर्ने उद्धेश्यका साथ अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन नेपालको लुम्बिनीमा हुदै आएको छ ।

 

काजी नेपाल

अध्यक्ष, पुर्वाञ्चल सराेकार मञ्च काेरिया।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...