Advertisement
SKIP THIS

किराँत राई यायोक्खा दक्षिण कोरियाले चलचित्र “कान्छी ” ल्याउदैं


किराँत राई यायोक्खा दक्षिण कोरियाले बहु-प्रतिक्षित चलचित्र कान्छी प्रदर्शन गर्ने भएकाेछ। संस्थाको आपतकालिन कोष स्थापनार्थ यहि मार्च ४ तारिखका दिन सङबुक कुमिन यसङ ह्वेग्वानकाे हलमा प्रदर्शन गर्ने तयारी अायाेजकले गरेकाेछ।

यो वर्षकै सफल नेपाली कथानक चलचित्र “ कान्छी” का अभिनेता चर्चित नायक दयाहाङ राई पनि काेरिया अाउने भएकाे कुरा यायाेख्खाका बरिष्ठ उपाध्यक्ष दिपक राइले बताए।अायाेजकले चर्चित अभिनेता रार्इलार्इ राताे कार्पेटले स्वागत गरिने पनि जनाएकाेछ।

आकाश अधिकारीद्वारा निर्देशित बहु-प्रतिक्षित फिल्म “कान्छी “ एक्सन, प्रेम, रोमान्स, कमेडीले भरिपूर्णछ। यस फिल्ममा यम थापाको कथा, पुरुषोत्तम प्रधानको छायांकन,रामशरण कोइरालाको सहायक निर्देशन रहेकोछ। यस फ़िल्मलाई बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। चर्चित संगीतकार शम्भुजित बास्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको गीतलाई बसन्त श्रेष्ठले नृत्य निर्देशन गरेका छन्। फिल्ममा श्वेता खड्का, दयाहाङ राई, कामेस्वोर चौरासिया, बिनोद न्यौपाने, अनु शाह, भूमिका श्रेष्ठ, नीर शाह, प्रज्वल सुजल गिरी, आशान्त शर्मा लगायतको भूमिका देख्न सकिन्छ ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने यस फिल्म मुस्ताङ, माथिल्लो मुस्ताङ जोमसोमका साथै राजधानीका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मलाई श्वेता आफैंले निर्माण गरेकी हुन्।तेस्रो लिङ्गी भूमिका श्रेष्ठको अभिनय रहेको यस फिल्म यस वर्षको सफल फिल्म हो।

उक्त कार्यक्रमबाट संकलित रकम सस्थाको आपतकालिन कोषमा राखिनेछ। साथै कार्यक्रमलाइ सभ्य र भव्य बनाउन कोरियामा रहेका सबै संघ,संस्था,समुदायमा सहयाेग गरिदिनु हुन यायाेख्खाका अध्यक्ष बालकृष्ण बान्तवाले बिनम्र अनुराेध गरेका छन्।

स्थान:-성북구성북로4길177 성북여성회관

मिति:-२०१८ मार्च ४ गते आइतबार

समय:- दिनको १२ बजे

सम्पर्क :- अध्यक्ष – बालकृष्ण वान्तवा (राई) (०१०३०५९९७७१)

वरिष्ठ उपाध्यक्ष – दिपक राई (०१०५४४७३३०३)

महासचिव- हाङखिम्छा राई (०१०६४६६५७५१ )

उपाध्यक्ष – सिता राई (०१०५६२१७७३७)

सचिव – पदम राई (०१०५९५७९७४१)

कोषाध्यक्ष – धनुजा राई (०१०५९४३९३९६)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...