Advertisement
SKIP THIS

मर्सका कारण कोरियामा रहेका नेपाली असुरक्षित


ऐश्वर्य श्रेष्ठ

सोल –मे २० तारिखमा दक्षिण कोरियामा भित्रिएको श्वासप्रश्वाससंबन्धी भाइरस मर्सको कारण कोरियाली जनजीवन आतंकित बन्दैंछ ।छोटो समयमा नैं यो भाइरसको कारण कोरियामा १५ जनाको मृत्यु भइसकेको छ भने २ सय बढीमा मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम नामक भाइरसबाट संक्रमित भएका छन् ।

 

यसैंबीच मर्सको कारण दक्षिण कोरियामा कार्यरत नेपाली कामदारहरु पनि असुरिक्षत बन्दैं गएका छन् ।दक्षिण कोरियास्थित रातदुतावासले एक विज्ञप्ति जारी गरी नेपाली समुदायलाई सर्तक रहन आव्हान गरेतापनि काम गरीरहेका अवस्थामा कोयिनहरुको संर्सगबाट मर्स सर्न सक्ने प्रबल संभावाना देखिन्छ । करिब ३० हजार नेपाली कार्यरत रहेको दक्षिण कोरियामा मर्सको कारण नेपाली समुदाय बेलैंमा सर्तक हुन नसके अप्ठयारो पर्न सकिने देखिन्छ ।

 

कोरियामा मात्र नभई संक्रमित बिरामी नेपाल पुगेमा झनैं खतरा हुनसक्छ ।केही सामाजिक सन्जालमा नेपालीमा समेत मर्सको संक्रमण पाइएको खबर फैंलिएतापनि अहिलेसम्म कुनैं आधिकारिक पुष्टि भने हुन सकेको छैंन् ।कोरियामा रहेका नेपाली संघसंस्थाहले सार्वजनिक बिदाको अवसर पारेर विविध कार्यक्रमहरु गर्ने भएकाले नेपालीहरुको जमघट हुने ठांउमा विषेश ध्यान पुराउनुपर्ने देखिन्छ ।
दक्षिण कोरियाको स्वास्थ्य तथा कल्याण मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकमा १५  जनाको मृत्यु भइसेकेको उल्लेख छ  ।

 

मर्स लागेका परिवार तथा आफनत साथीभाइको संमपर्कमा रहेका ४ हजार ८ सय ५० जनालाई मर्स लाग्न सक्ने आशंकामा छुट्टैं राखिएको छ ।ती मध्येका १० जना भने पुर्ण उपचारपछि फर्किएको अस्पताल स्रोतले दाबी गरेको छ ।

 

यसैंबीच आगामी जुन २४ सम्ममा मर्सको संक्रमण घट्न सक्ने सोलको एक अस्पतालले जनाएको छ ।त्यसैंगरी मर्स रोकथाम तथा अध्ययनमा सहकार्य गरीरहेको विश्व स्वास्थ्य संगठनको टोलीले मर्सलाई नियन्त्रण गर्न बेलैंमा सरकार सर्तक नभए यसको प्रभाव झन बढन सक्ने चेतावनी दिएको छ ।

 

सन २०१२ मा साउदी अरेबियामा देखा परेको यो मर्स भाइरसको हालसम्म कुनैं उपचार तथा खोप पत्ता लागेको छैंन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...