Advertisement
SKIP THIS

मर्स्याडंदी च्यामपियन कप प्रतियोगिताको उपाधि धरान एफ सिलाई


फोनिज कोरिया संवाददाता सोल-लमजुंग परिवार कोरियाले आयोजना गरेको प्रथम मर्स्याडंदी च्याम्पियन कप फुटबल प्रतियोगिताको उपाधि धरान एफ सि ले जितेको छ ।
सोयोसान खेल मैदानमा आइतबार सम्पन्न भएको टुर्नामेन्टको फाईनलमा पुगेका धरान एफसी र एभरेष्ट एफसी बीच प्रतिस्प्रर्धात्मक खेल भई रहेको अवस्थामा सेकेण्ड हाफ टाईम पछि धरान एफसीका स्ट्राईकर विजय लिम्बुले एक गोल लगाई एभरेष्ट एफसीलाई शुन्यको बिरुद्ध १ गोलले धरानएफसीले पहिलो उपाधीको बाजी जितेको हो ।

प्रवासी एकता फुटबल बिकास र नेपालमा गएको भुकम्प पिडित राहत सहयोगको लागि आयोजना गरेको प्रतियोगितामा कोरियामा रहेको बिभिन्न १४ टिमको सहभागिता रहेको थियो।प्रतियोगितामा बिजेता टिमलाई शिल्डसहित नगद १५ लाख वन, मेडल र प्रमाणपत्र र उपबिजेता टिमलाई शिल्ड ८ लाख वन, मेडल र प्रमाण प्राप्त गरेको छ ।

प्रतियोगितामा बेष्ट प्लेयरमा बिजय लिम्वु (धरान एफसी)सर्वाधिक गोलकर्ता बिनोज राई (एभरेष्ट एफसि)उत्कृष्ट गोलकिपर शरन राई (धरान एफसि)उत्कृष्ट डिफेन्डर पंकज लामा (लम्जुंग एफसि) उत्कृष्ट मिडफिल्डर बिक्रम लिम्बु (एभरेष्ट एफसि)उत्कृष्ट फरवार्ड प्रशान्त (धरान एफसि)का खेलाडीले कप र प्रमाण पत्र पाउन सफल भएका छन् ।

श्रम सहचारी अनिल गुरूड र तमु धीं कोरियाको अध्यक्ष सुरज तमुको बिशेष अतिथित्यमा औपचारिक उद्दघाटन भएको थियो भने कोरियामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको लमजुंग परिवार कोरियाका सचिव मेघप्रसाद वाइबाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...