Advertisement
SKIP THIS

हरेक विभेदको विरुद्ध एक हुन आदिवासी जनजातिको आग्रह


फोनिज कोरिया संवाददाता
सउल

कोरियामा रहेका आदिवासी जनजाति सरोकारवालाहरुले विद्यमान हरेक विभेदको विरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने धारणा राखेका छन् । आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले २२ औ विश्व आदिवासी दिवसको अवसरमा आइतबार सउलमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले सो धारणा राखेका हुन् ।

कार्यक्रममा वक्ताहरुले आदिवासी जनजातिहरु भावनात्मकरुपमा एक्तावद्ध भई आर्थिक सवल हुनुपर्ने  र जातिय भेषभूषा मात्रै प्रदर्शन गरेर अधिकार स्थापना गर्न नसकिने जस्ता धारणहरु व्यक्त गरेका थिए । कोरियाको सम्पूर्ण नेपाली संघ संस्थाका छाता संगठन एनसिसीले यसपालीको छुसक पर्वमा जातिय संस्था तामाइ०लाई कार्यक्रम गर्न नदिएर विभेद गरेको भन्दै निन्दा समेत गरेका थिए । त्यसैले अब ११ जातिय संस्थाको छाता संगठन आदिवासी जनजाति महासंघले एनसिसीको नियमलाई पालना गर्ने कि नगर्ने बारे निर्णय गर्नुपर्नेमा पनि जोड दिए ।

एनसिसीका पूर्व अध्यक्ष लोचन राईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा एनआरएन कोरियाका उपाध्यक्ष जुनु गुरुइ०, एसिसीका संरक्षक मणि चेम्जुइ० , संघीय समाजवादी फोरम कोरियाका अध्यक्ष देवराज स्याइ०ताइ०, बौद्ध परिवारका महासंचिव प्रितम गुरुइ०, किरात याक्थुइ० चुम्लुइ०का अध्यक्ष सन्तोष मादेन, मगर संघका अध्यक्ष खडग थापा मगर, किरात राई यायोक्खाक अध्यक्ष दिनेश राई , तामाइ० संघका अध्यक्ष उइनासिं तामाइ०, छन्त्याल परिवारका अध्यक्ष अमर छन्त्यालले मन्तव्य राखेका थिए ।

कार्यक्रममा महासंघमा केही जातिय मौलिक पहिरण प्रर्दनी गरिएको थियो । अध्यक्ष चित्र बहादुर तामाइ०को अध्यक्षता रहेको कार्यक्रममा सदस्य श्रीराम गुरुइ०ले स्वगत मन्तव्य राखेका थिए भने जिवी लामाले कार्यक्रम संचालन गरेका थिए ।

diwas 3 diwas 1jatiya 1

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...